ओली र नेपालबीच भेटवार्तामा दोस्रो तहका नेता पनि सहभागी,आजै बिज्ञप्ति निकाल्ने तयारी
कपन अनलाइन
काठमाण्डौ ,असार २३।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच काठमाडौंको मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । वार्तामा दोस्रो तहका नेताहरु पनि सहभागी छन् ।
पार्टी एकताका लागि गठित कार्यदलले सहमतिको मस्यौदा बनाउँदै गर्दा दुई शिर्ष नेताहरु वार्तामा बसेका हुन् । दुई नेताबीच समझदारी भएको खण्डमा आजै संयुक्त वक्तव्य निकाल्ने तयारी पनि छ ।
तपाइँको प्रतिक्रिया ।