नेपाली कांग्रेस क्षेत्र नं ३ मा विवाद ,कोषाध्यक्ष केसी कोषाध्यक्ष केसी भन्छन सदस्यता रातारात हटाइयो
कपन अनलाइन
काठमाण्डौ ,असार २२।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ मा क्रियाशील सदस्यता विवाद देखिएको छ। स्थानीय अधिवेसन नजिकिदै गर्दा आसन्न नेतृत्वको जोड घटाउको राजनीतिको राप गोकर्णेश्वर नगरपालिकामा पनि राम्रै संग देखिएको छ।
केहि दिन पहिला वडा नं २ मा क्रियाशील सदस्यता विवादको वारेमा पत्र लेखेका क्षेत्रीय सभापति तथा नगर प्रमुख सन्तोष चालिसे र नगर उपप्रमुख तथा क्षेत्रीय सचिव शान्ति नेपाललाई वडा नं ४ को क्रियाशील सदस्यता विवादले निकै पिरोलेको चर्चा अहिले क्षेत्र नं ३ मा व्यापक चल्न थालेको छ।
काठमाण्डौ क्षेत्र नं ३ मा क्रियाशील सदस्यता विवाद निकै बढेपछी क्षेत्रीय कोषाध्यक्ष किरण केसीले मैदान मै उत्रिएर संचारकर्मीहरु संग कुरा गर्दै वडा नं ४ मा २० जनाको क्रियाशील सदस्यता रातारात गायव पारेको आरोप लगाएका छन।
रातदिन नभनी नेपाली कांग्रेसको झन्डा बोकेर पार्टीको हितमा सक्रिय रहेका कार्यकर्ताहरुको अपमान हुने गरि इकाई समितीले सिफारिस गरेर पठाएका नाम काटिएको भन्दै आक्रोसित बनेका केसीले नामहरुको वारेमा पुनर्विचार र छलफलका लागि क्षेत्रीय समितिको बैठक समेत नबसेको भन्दै गुनासो गरेका छन।
गोकर्णेश्वर नगरपालिकामा रहेका अन्य दलमा संगठित व्यक्तिलाई क्रियाशील सदस्यता दिइएको दावी गर्दै केसीले केन्द्रले उपलव्ध गराएको वेबसाइटको पासवर्ड र अरु जानकारी भएकाहरुले नै उक्त चलखेल गरेको आरोप लगाएका छन।
नामावली सिफारिसको क्रम संख्या १२ र १३ मा चलखेल देखिएको भन्दै केसीले बैशाख २४ गते सम्म भएका नामहरु एकाएक हट्नु पछाडिको कारण खोज्नुपर्ने पनि बताएका छन ।