जोरपाटी-सुन्दरीजल सडक २२ मिटर बनाउन स्थानीय सरकारले असहयोग गर्यो :कृष्ण राई
कपन अनलाइन
काठमाण्डौ ,असार १७।
काठमाण्डौ क्षेत्र नं ३ का निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्ण राईले जोरपाटी-सुन्दरीजल सडक २२ मिटर बनाउन स्थानीय सरकारले असहयोग गरेको बताएका छन।
ड्रिम हाउस पार्टि प्यालेस नयाँ बस्तिमा भएको सामुदायिक विद्यालयहरुमा छात्राहरुलाई आवश्यक पर्ने स्यानिटरी प्याड मेसिन वितरण कार्यक्रममा बोल्दै राईले केही राजनीतिक दलनै यो बाटो बन्न नदिन हात धोएर लागेको बताएका थिए।
जनताका लागि काम गर्दा चुनाव जित्ने नारा बनायो भन्दै विरोधी राजनीतिक दलले आरोप लगाएको स्मरण गर्दै दिगो पूर्वाधार विकासका रुपमा रहेको सो सडक विस्तारमा असहयोग गर्नेहरुलाई त्यस्ता हर्कतले म गल्नेवाला व्यक्ति नभएको बताएका थिए।
जनताको सेवामा लाग्ने प्रण खाएर राजनीतिमा होमिएको बताउदै नेकपा एमाले काठमाण्डौका अध्यक्ष समेत रहेका राईले आफु र सरकार विरुद्ध लागेकाहरु एक दिन आफै गल्ने विस्वास व्यक्त गरेका थिए।
पछिल्ला तीन वर्षमा केपि ओली नेतृत्वको सरकारले उल्लेख्य कार्य गरेको भन्दै राईले क्षेत्र नं ३ मै ९ अर्वको लागतमा नागमतिको बाँधको डिपिआर निर्माण सुरू हुन लागेको जानकारी दिएका थिए।
निवर्तमान सांसद राईले जोरपाटी – सुन्दरीजल सडक रणनीतिक र महत्वपूर्ण पूर्वाधार रहेकोले यसलाई २२ मिटर बनाउनु पर्ने बताउदै आएका छन भने नगर प्रमुख सन्तोष चालिसे स्थान हेरेर १४ ,१६ र २२ मिटर बनाउनु पर्ने भन्दै आएका छन।