काठमाण्डौ क्षेत्र नं ३ का सामुदायिक विद्यालयहरुलाई प्याड भेन्डिङ मेसिन प्रदान
कपन अनलाइन
काठमाण्डौ ,असार २१।
स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विघटित प्रतिनिधि सभा सदस्य कृष्णबहादुर राईको सिफारिसमा आइतबार सामुदायिक विद्यालयहरुलाई प्याड भेन्डिङ मेसिन वितरण गरिएको छ।आत्तरखेल युवा समाजले स्यानिटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको हो ।
कार्यक्रममा निवर्तमान सांसद कृष्णबहादुर राईले महिला पुरूषबीच भेदभाव हुन नहुने भन्दै त्यस्ता समस्या आए आफु समाज र महिला उत्थानका लागि सधै तयार रहेको बताउदै पछिल्लो समय महिलालाई समाजले हेर्ने दृष्टीकोणमा उल्लेख्य परिवर्तन भएको भन्दै समाज अब नयाँ विकासमा फड्को मारेको दाबी गरेका थिए ।
एमाले काठमाडौं जिल्ला अध्यक्ष समेत रहेका राईले युवा समाजका प्रशंसामय कार्यलाई प्रोत्सान गर्दै सधै सहयोग र हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
विभिन्न सामाजिक कार्यमा आवद्ध भई लागु औषधीविरुद्ध जनचेतना जस्ता समाजिक कार्य गर्दै आएको क्लबले महिलाहरुको समस्यालाई ध्यानमा राखि स्यानिटरी प्याड भेन्डिङ मेसिन वितरण गरिएको आत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामाले बताएका छन ।
नयाँ बस्ति स्थित ड्रिम हाउस पार्टि प्यालेसमा भएको सो कार्यक्रम काठमाडौँ निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका सामुदायिक विद्यालयका प्रधानाध्यापक ,जनप्रधिनिधिहरु तथा विभिन्न संघ सस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।