काठमाण्डौ जिल्लाका ११ स्थानीय तहमा आज बाट भेरोसेल खोप,कहाँ छन खोप केन्द्र ?
कपन अनलाइन
काठमाण्डौ ,असार २१।
बागमती प्रदेश सरकारले काठमाडौं उपत्यमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउन खोप केन्द्र तोकेको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै खोप केन्द्र तोकेको हो ।
जेठ २२ गतेदेखि भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकहरुलाई आज असार २२ देखि २४ गतेसम्म खोप लगाइने भएको छ ।पहिलो मात्रा लगाएका नागरिकहरुले खोप कार्ड बोकेर माथिको खोप केन्द्रमा गएर खोप लगाउन सकिन्छ ।
तपाइँको प्रतिक्रिया ।