प्रधानमन्त्री पत्नी राधिका शाक्यको खुत्रुकेमा जम्मा भएको पैसा मानव सेवा आश्रमलाई

प्रधानमन्त्री पत्नी राधिका शाक्यको खुत्रुकेमा जम्मा भएको पैसा मानव सेवा आश्रमलाई

कपन अनलाइन

काठमाण्डौ ,असार १८।

प्रधानमन्त्री पत्नी राधिका शाक्यको खुत्रुकेमा जम्मा भएको पैसा मानव सेवा आश्रमलाई प्रदान गरिएको छ। प्रथम महिला शाक्यले आफ्नो जागिरे जीवनमा जम्मा गरेको ७२ हजार रुपैया मानव सेवा आश्रमलाई हस्तान्तरण गरेकी हुन।

नेपालका कुनै पनि नागरिक वेवारिसे बनेर सडकमा रहनु हुदैन भनेर निरन्तर सक्रिय रहेकी शाक्यको पहलमा देशका विभिन्न स्थानमा मानव सेवा आश्रमका भवनहरु पनि निर्माण भैरहेका छन भने उनकै अभिभावकत्वमा नागरिकहरुको उद्दार तथा व्यवस्थापन हुदै आएको छ।

अभिभावक विहिन बालबालिकाहरुको सरकार अभिभावक छ भन्ने प्रधानमन्त्री केपी ओलीको घोषणालाई सार्थक बनाउनका लागि दिन रात तल्लिन रहेकी प्रथम महिला शाक्यले ममता, मातृत्व र मातृवात्सल्यता देखाएको भन्दै आश्रमले आभार प्रकट गरेको छ।फाइल तस्विर

तपाइँको प्रतिक्रिया ।