जर्मनीलाई पराजित गर्दै इंग्ल्याण्ड युरो कपको क्वाटरफाइनलमा

कपन अनलाइन

काठमाण्डौ , असार १६।

युईएफए युरो २०२० फुटबलमा जर्मनीलाई पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ।

लण्डनस्थित वेम्बली स्टेडियममा मंगलबार राति सम्पन्न नकआउट चरणको सातौं खेलमा  उपाधि दाबेदार जर्मनीलाई २ – ० गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो।

इंग्ल्याण्डका लागि रहिम स्ट्रलिङ र ह्यारी केनले एक एक गोल गरे।

स्ट्रलिङले दोस्रो हाफको ७५ औं मिनेटमा लुक शले उपलब्ध गराएको पासमा गोल गर्दै घरेलु टोलि इंग्ल्याण्डलाई १ – ० को अग्रता दिलाएका थिए।

निर्धारित समयको अन्तिम अर्थात ८६ औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई २ – ० को जित दिलाए। केनले ज्याक ग्रेलिसको सुन्दर पासमा हेडर गोल गरेका हुन।

तपाइँको प्रतिक्रिया ।