कागेश्वरी मनोहरा नगरपालिकाको आम्दानी/खर्च विवरण सार्वजनिक
कपन अनलाइन
काठमाडौँ, असार १६ ।कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०७७ /०७८ को २०७७ श्रावण १ गते देखि २०७८ असार १५ गते सम्म भएको आम्दानी तथा खर्च विवरण सार्वजानिक गरेको छ ।नगर प्रमुख कृष्ण हरि थापाले सामाजिक सन्जाल मार्फत सार्वजानिक गरेको बिवरण अनुसार नगरपालिकाको कुल आम्दानी – १ अरब ६८ कराेड ७५ लाख ३३ हजार ५९ पैसा ५२ मात्र रहेको जानकारी गराएका छन, भने कुल चालू खर्च – ३४ कराेड ३२ लाख ६८ हजार १२ पैसा २२ प्रगती ७५. ९८ प्रतिशत रहेको उल्लेख गरेका छन।
त्यसै गरि जम्मा पुजिगत खर्च – ७२ कराेड २६ लाख ६७ हजार १ सय ३६ पैसा ५६ प्रगती ५५.७५ प्रतिशत ।हाल सम्म जम्मा खर्च – १ अरब ६ कराेड ५९ लाख ३५ हजार १ सय ४८ पैसा ७८ मात्र रहेको जानकारी गराएका छन भने उनले नगरपालीकामा नगद माैजदात – ६२ कराेड १५ लाख ९७ हजार ९ सय १० पैसा ७४ मात्र रहेको पनि उल्लेख गरेका छन ।