आफुलाई डीपीआर माननीय भनेर उडाउनेहरुलाई मन्त्रि अम्बिरबाबु गुरुङको कडा जवाफ

आफुलाई डीपीआर माननीय भनेर उडाउनेहरुलाई मन्त्रि अम्बिरबाबु गुरुङको कडा जवाफ

कपन अनलाइन

काठमाण्डौ , असार १६।

प्रदेस नं १ का भौतिक पूर्वाधार विकास मन्त्रि अम्बिरबाबु गुरुङले आफुलाई डीपीआर माननीय भनेर उडाउनेहरुलाई विकास र विकासको प्रक्रिया नबुझेकाहरुको अनावस्यक रोदन मात्र भएको बताएका छन।

सिद्दीचरण नगरपालिकाको आठौ नगर सभालाई संबोधन गर्दै मन्त्रि गुरुङले ओखलढुंगा जिल्लामा दिगो र प्रभावकारी विकासका लागि योजनाहरुको विस्तृत परियोजना प्रतिवेदन ( DPR ) बनाउनु पहिलो र अनिवार्य कम भएकोले आफुले हरेक योजनाको डीपीआर माग्दा उडाउनेहरुको झुटो प्रचार अभियान मिथ्या सावित भएको धारणा राखेका थिए।

ओखलढुंगा जिल्लाका कतिपय स्थानीय तहले जनता झुक्याउन र विभिन्न कुल्सित मनसाय राखेर झुटो डीपीआर बनाएको रहस्य खोल्दै मन्त्रि गुरुङले क्षेत्र नं १ मा हेर्ने भनेर लागेको आरोपको पनि खण्डन गरेका छन।

जिल्लाको विकासमा आफुले कहिले पनि पार्टी ,नेता र भूगोल नहेरेको बताउदै गुरुङले प्रदेस क्षेत्र २ बाट निर्वाचित भएका प्रदेस सभा सदस्य मोहन कुमार खड्काले जिल्ला कै बेइज्जत हुने गरी सदनमा गरेको  अनावस्यक रोइलोलाई जिल्लावासीले गम्भीर रुपमा लिनुपर्ने धारणा राखेका थिए।

सांसद खड्काले जिल्लाको विकासको वारेमा कहिले पनि मुख्यमन्त्रि र आफु संग प्रत्यक्ष छलफल नगरेको खुलासा गर्दै मन्त्रि गुरुङले सदनको दोहोरीले बैरीहरुलाई मजा दिए पनि जिल्लावासीहरु भने दुखि भएको बताएका थिए।

जिल्लामा गरिएका कतिपय विकासका कामलाई लिएर सामाजिक संजाल र संचार माध्यममा देखिने अस्वस्थ प्रतिस्पर्धा पार्टी इंगित गर्दै मन्त्रि गुरुङले जिल्लाको विकासका लागि आफु सबै संग खुल्ला सार्वजनिक बहस गर्न तयार रहेको घोषणा गरेका थिए।

तपाइँको प्रतिक्रिया ।