Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/210663331_1428838010848608_7338884343729909536_n-724x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

ओखलढुङ्गामा निषेधाज्ञा एक साता थपियो (आदेस सहित )

कपन अनलाइन
काठमाण्डौ ,  असार १३।

ओखलढुङ्गामा बसेको जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको अबधि थप गरेको छ । केन्द्रको बैठकले  आगामी असार २१ गते राती १२ बजेसम्मका लागि केही खुकुलो बनाउदै निषेधाज्ञाको अबधी थप गरेको हो ।

थप गरिएको निषेधाज्ञा भने केही खुकुलो बनाइएको छ । मंगलबारवाट जिल्लामा रहेका बैंक तथा वित्तिय संस्थाहरु,स्टेशनरी पसलहरु सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पालना गर्दै विहान १० बजे देखी ४ बजेसम्म खुला रहने छन् ।

हार्डवयर, लत्ताकपडा, भाडाँ, फेन्सी, मोबाईल पसलहरु तथा खाद्यान्न, तरकारी, फलफुल, दुग्धजन्य एबम मासुजन्य पद्धार्थ विक्रि वितरण गर्ने पसलहरु विहान ७ बजे देखी दिउसो ४ बजेसम्म सञ्चालन हुन पाउनेछन् । त्यसैगरि सवारी साधन, सरकारी कार्यालयहरु, विद्यालयहरु सञ्चालनको हकमा भने यसभन्दा अगाडी भएका निर्णय अनुसार नै हुने जिल्ला प्रशासन कार्यालयवाट जारी सूचनामा उल्लेख गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।