Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/IMG_8802-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिकाले प्रस्ताव गरेको कृषि नीतिमा के छ ?

कपन अनलाइन

काठमाडौं असार १५। गोकर्णेश्वर नगरपालिकाको सातौं नगर सभा सुरु भएको छ।  सांस्कृतिक धरोहरसहितको समृद्द शहर, धार्मिक मौलिकता र विशिष्ट अस्तित्व बोकेको गोकर्णेश्वर नगर भन्ने मूल नाराको साथमा  गोकर्णेश्वर  नगरपालिकाको ७ औं नगर सभा बिहिबार बाट सुरु भएको हो। कार्यक्रममा नगर  प्रमुख सन्तोष  चालिसेले नगरपालिकाको आगामी आर्थिक बर्ष २०७८।०७९ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका  थिए ।

उनले प्रस्तुत गरेका आर्थिक बर्ष २०७८।०७९ को  कृषि नीति निम्न रहेको छ ।

१ ) कृषिको उत्पादन तथा  उत्पादकत्व बढाउन आधुनिक कृषि सामाग्री मल बिउ बिजनमा  अनुदानको व्यवस्था गरिने,जस अन्तरगत ट्रयाक्टर ५० वटा र गहु चुट्ने मेसिन १५ वटा ५० प्रतिशत अनुदानमा लाभ ग्राही कृषकहरुलाई उपलब्ध गराइने ।

२ )  स्थानीयस्तरमा उत्पादित कृषि उपजहरुलाई कृषक स्वयमले बिना अवरोध बजारमा बिक्रि बितरण गर्न पाउने र उप भोक्तालाइ सस्तो मुल्यमा खरिद गर्न  पाउने बातावरण तयार गर्न गोकर्णेश्वर नगरपालिका क्षेत्रमा स्टलसहितको कृषि उपज बिक्रि केन्द्रको स्थापना गरि संचालनमा ल्याइने ।

३ ) संघ र बागमती प्रदेश सरकारको समन्वयमा कृषि सहकारी र व्यवसायिक कृषकहरुको सहभागितामा शित  भण्डारको व्यवस्था गर्न पहल गरिने ।

४  ) गोकर्णेश्वर नगरपालिका क्षेत्रमा कृषक, कृषि सहकारी र निजि क्षेत्रको सहकार्यमा कृषि क्षेत्रमा  लगानी  र प्रबिधि परिचालन मार्फत कृषि उत्पादनलाइ बढावा दिने नीति अवलम्बन गरिने ।

५ ) कृषि  तथा पशुपंक्षी सेवामा थप प्रभावकारिता ल्याउन हटलाइन प्राबिधिक सेवा सहितको जे.टि.ए. र भेटनरी प्राबिधिकहरुको व्यवस्था गरि घुम्ती कृषि तथा पशु सेवाको थालनी गरिने ।

६) तारेभिर ,ओख्रेनी, चिलाउने तथा सुन्दरीजल क्षेत्रलाई बिशेष कृषि पकेट क्षेत्र घोषणा गरि व्यवसायिक खेति प्रवर्द्धन कौशी  तथा करेसाबारी खेति ,जडीबुटी, मौसमी तथा बेमौसमी फलफुल , तरकारी उत्पादन, पशुपालन, कृषि बजार प्रवर्द्धन गर्न कार्यविधि बमोजिम अनुदानको व्यवस्था गरिने ।

७)गुणस्तरीय एबम आधुनिक बधशाला निर्माण तथा संचालन गर्न सहकारी तथा निजि क्षेत्र संग सहकार्य गरिने,मासु जन्य जनावरको स्वास्थ्य परिक्षण, सफा र स्वस्थ बधशालाको बिकास ,मासु पसलको गुणस्तरीयता परिक्षण लगायतका कार्यको लागि सम्बन्धित निकायसंग समन्वय र सहकार्य गर्ने कार्यलाई निरन्तरता दिइने ।

८) सामुहिक खेति प्रणाली प्रवर्द्धन गरिने, यसका लागि बैंक तथा वित्तीय संस्था मार्फत सामुहिक कर्जा प्रवाह अनुदान र अन्य वित्तीय प्रबन्ध गर्ने नीतिलाई निरन्तरता दिइने ।

९) सिचाई उपलब्ध हुन नसक्ने क्षेत्रमा सिंचाई सेवा पुर्याउन आकाशे पानी संकलन,  पोखरी वा जलाशयमा भण्डारण गरि थोपा, फोहोरा  तथा आधुनिक प्रबिधि र बोरिंङ सिंचाईका कार्यक्रमलाइ निरन्तरता दिइने ,साथै विद्यमान अवस्थामा रहेका सिंचाइका माध्यमहरुको स्तरउन्नति गरिने ।

१०) उच्च मूल्यका  स्थानीय बातावरण अनुकुलका फलफुल र तरकारी उत्पादन गरि बजारीकरण गर्ने नीतिलाई निरन्तरता दिइने, साथै कृषि बिषादी न्यूनीकरण  गर्दै अर्ग्यानिक कृषि उत्पादनलाइ प्रोत्साहन गरिने।

तपाइँको प्रतिक्रिया ।