गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीमा देवकोटा पुस्तकालय शिलान्यास

कपन अनलाइन

काठमाण्डौ ,असार १४ ।

गोकर्णेश्वर नगरपालिका ५ नयाँबस्तीमा   महाकवि लक्ष्मी प्रसाद देवकोटाको नाममा स्थापना हुन लागेको देवकोटा पुस्तकालयको  शिलान्यास गरिएको छ ।

गोकर्णेश्वर नगरपालिका ५ नयाँबस्ती युवा क्लबको प्राङगणमा निर्माण हुन लागेको देवकोटा पुस्तकालयको आज गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालीसेले शिलान्यास गरेका हुन  ।

कूल ५१ लाख ७ सय ८६ रुपैँया ३९ पैसामा बन्न लागेको उक्त पुस्तकालयका लागी गोकर्णेश्वर नगरपालिकाले आर्थिक सहयोग गरेको हो । प्रत्येक कोठामा नेपालका साहित्य क्षेत्रका बरिष्ठ पुरुषहरुको बिशिष्ट कक्ष रहने गरी स्थापना हुन लागेको पुस्कालयको ३ तले भबनमा ७ ओटा कोठाहरु रहनेछन  ।

गोकर्णेश्वर नगरपालिको  एक कार्यक्रममा बेला सताब्दी पुरुष सत्यमोहन जोशीले राज्यले सम्मानित साहित्य पुरुषहरुको सम्मान र उचित स्थान नदिएको गुनासो गर्दै पुस्तालय निर्माण गर्न गरेको  आग्रह स्वीकार गर्दै सो पुस्तकालय निर्माण गरिएको हो ।

कार्यक्रममा बेला जोशीले चालीसेको कानमा कुरा गर्दै देवकोटाको पूर्णकदको शालिक भएको ठाउँमा देवकोटाकै नाममा पुस्तकालय निर्माण गर्ने  जोशीको प्रस्ताव  आफुले काट्न नसकेकाले उहाँको ईच्छालाई सार्थक रुप दिन पुस्तकालय बनाउन लागिएको प्रमुख  चालीसेले बताएका छन।

हरेक कोठा नेपालका शिखर पुरुष रमेश बिकल,आदीकबि भानुभक्त आचार्य, लक्ष्मी प्रसाद देवकोटा लगायतका नाममा नामाकरण गरिने र प्रत्येक कक्षमा नामाकरण गरिएका ब्यक्तिका बिषयमा श्रोत सामाग्री  क्लबका सचिव एमव् भवन संयोजक चन्द्रमणी गौतमले जानकारी दिएका छन।

शिलान्यास कार्यक्रममा गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसे,नगर पालिकाका कार्यकारी प्रमुख रामप्रसाद आचार्य,वडा नम्बर ६ का वडा अध्यक्ष रमेश अर्याल, मानब अधिकार शान्ति समाजका निवर्तमान अध्यक्ष उत्तम पुडासैनि,नयाँ बस्ती युवा क्लबका अध्यक्ष रामकुमार तामाङ लगायत क्लबका पधाधिकारी तथा वडाबासीहरुको उपस्थिति रहेको थियो ।

सो भवन निमार्णका लागी नयाँ वस्ती युवा क्लब मातहत रही एक निमार्ण समिती गठन भएको छ । चन्द्रमणी गौतमको संयोजकत्वमा रहेको निमार्ण समितीमा सुरज बोहोरा,दिबस सिंह राउत,राजेन्द्र खनाल,हरिचन्द्र दंगाल ,प्रदिप प्रसाई ,राकेस बोहोरा,निरज दाहाल,निशान भट्टराई,अकिल कपाली,अच्युत पुडासैनी सदस्य रहेका छन  ।

सो भवन निमार्ण कार्यको अनुगमन गर्न वडा नं ५ का अध्यक्ष नारायण वहादुर सुवेदीकाे संयाेजकत्वमा समिती गठन भएको छ । समितीमा वडा नं ६ का अध्यक्ष रमेश अर्याल, उत्तम पुडासैनी, श्रीवहादुर योगी, सुवाश पुडासैनी सदस्य रहनुभएको छ । सो भवन निमार्ण कार्यको जिम्मेवारी जिम्बा कन्ट्रक्सन प्रा.लीले पाएको छ ।

तपाइँको प्रतिक्रिया ।