संसदमै ओखलढुंगाका सांसदहरुको दोहोरी,मोहन खडका संग भिजन नभएको मन्त्रि गुरुङको आरोप

कपन अनलाइन

काठमाण्डौ ,असार १३।

ओखलढुंगा जिल्ला बाट निर्वाचित  प्रदेश १ सरकार भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री अम्बिर बाबु गुरुङ  र प्रदेस सभा सदस्य मोहन कुमार खडका  आइतबार प्रदेशसभाको बैठकमा व्यक्तिगत  आरोप प्रत्यारोपमा  उत्रिएका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा भौतिक मन्त्रालयतर्फबाट विनियोजित योजना र रकमबारे ओखलढुंगाबाट निर्वाचित विपक्षी दलका सांसद मोहनकुमार खड्काले विभेद गरेको भन्दै चर्को बिरोध पोखेपछि मन्त्री गुरुङ  रोष्टमबाटै जवाफ दिएका छन।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन लिखित भाषण लेखेर ल्याएका गुरुङ लिखित जवाफ पढिसक्ना साथ आफ्नै जिल्लाका माओवादी सांसद मोहनकुमार खड्काविरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए  । उनले आफनो चरित्रहत्या गर्न सांसद खड्काले झुठो आरोप लगाएको मात्र नभई  जिल्लामा योजना लान आफू र मुख्यमन्त्रीसँग कहिल्यै भेटघाटसमेत नगरेको आक्रोश पोखेका थिए  ।

उनले आफूले भनसुन गरेकै कारण आफ्नो निर्वाचन क्षेत्रमा विकासका योजना पार्न सफल भएकाले सांसद खड्का आरिसले जलेर जथाभावी आरोप लगाउन थालेको भन्दै आक्रोश पोखे । उनले रोष्ट्रमबाटै चेतावनी दिँदै भने, ‘तपाईं भिजन नै नभएको सांसद हो,सुध्रिएर आउनु होला,अन्यथा ठीक हुने छैन ।’

मन्त्री गुरुङले आक्रोसित बन्दै  पछि विपक्षी दल संघीय समाजवादीका नेता जयराम यादवले संसदको बैठकमा उठेर नियमापत्ती जनाएका थिए। त्यसपछि सभामुख प्रदीपकुमार भण्डारीले पटक पटक मन्त्री गुरुङलाई आफ्नो भनाई छोट्याउन रुलिङ गरे पनि मन्त्री गुरुङले आफ्नो भनाई जारी राखेका थिए ।

उनलाई रोक्न सभामुख भण्डारीले चार पटक रुलिङ गर्नुपरेको थियो । आइतबार प्रदेश १ सभाको बैठकमा विपक्षीहरु मात्र नभएर सत्ताधारी दलका सांसदहरुले समेत बजेटमा मुख्यमन्त्री र भौतिक मन्त्रीले चरम विभेद गरेको आरोप लगाउदै  नयाँ योजना नपार्ने भन्दै सांसदहरुलाई ढाँटेर आफनो जिल्लाको निर्वाचन क्षेत्रमा सुटुक्क करोडौंको नयाँ योजना पारेको भन्दै आक्रोस व्यक्त गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।