सुन्दरीजलको नागमती नदीमा निमार्ण हुन लागेको बाँधबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराइयो

कपन अनलाइन

काठमाण्डौ ,असार १३।

गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलको  नागमती नदीमा निमार्ण हुन लागेको बाँधबारे राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी लिएकी छन् ।काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ नागमतीमा ९ अर्बको लागतमा निमार्ण हुन लागेको बाँधबारे राष्ट्रपति भण्डारीले जानकारी लिएकी हुन ।

काठमाडौं क्षेत्र नम्बर ३ का विघटित प्रतिनिधिसभा सदस्य तथा  एमाले काठमाडौँ जिल्ला अध्यक्ष कृष्णबहादुर राई सहितको टोलीले उक्त आयोजनाबारे राष्ट्रपतिलाई जानकारी  गराएको हो । अध्यक्ष राईको टोलीले शीतल निवास पुगेर आयोजनाको मोडालिटी,त्यसको ढाँचा लगायत आयोजनाका बिस्तृत पाटोबारे अवगत गराएको हो ।

बाधा निमार्ण स्थल राष्ट्रपति भण्डारीको तत्कालीन निर्वाचन क्षेत्र भएको कारण पनि आयोजनाबारे जानकारी गराईएको अध्यक्ष कृष्ण राईले जानकारी दिएका छन । उनले भने ‘राष्ट्रपति ज्यूले पटक पटक सो क्षेत्रका आयोजनाबारे चासो दिइराख्नु हुन्छ । कुन कुन क्षेत्रमा कस्ता योजना परे जनतामुखि भए भएनन् भनेर उहाँले जानकारी लिइराख्नु हुन्छ ।उहाको तात्कालिन निर्वाचन क्षेत्र भएको कारण पनि अझ धेरै चासो हुनु स्वभाविक पनि हो । उहाँले यस क्षेत्रका आयोजनाबारे चासो राख्नु भएकोले पनि हामीले यो राष्ट्रिय गौरवको आयोजनाबारे जानकारी गरायौं । जवाफमा राष्ट्रपति ज्यूले आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न र जनताका भावनालाई केन्द्रमा राखेर सबै राजनीतिक दलले विकास निमार्णका कार्यमा सहयोग पुर्याउन आव्हान गर्नुभयो ।’

एमाले केन्द्रीय सदस्य समेत रहेका राईको पहलकदमीमा सो बाँध निमार्णको लागी अर्थमन्त्री बिष्णु पौडेलले आयोजनालाई महत्वका साथमा राखेका हुन ।

करिव  १००० रोपनीमा निर्माण हुने बाँधमा  ८० करोड लिटर पानी जम्मा गर्न सक्ने क्षमता रहेको जानकारी दिदै  अध्यक्ष राईले बाँध निमार्णबाट ४ मेगावाट बिधुत उत्पादन गर्न सकिने तथा राजधानीमा बैकल्पिक पानीको श्रोत हुन सक्ने कुरालाई ध्यानमा राखेर यो आयोजनालाई प्राथमिता दिइएको बताए ।

  सो आयोजनाको लागि अर्थमन्त्री बिष्णु पौडेलसँग पटकपटक छलफल गरेका राईले बाँध निमार्ण जस्तो ठुलो आयोजनालाई काठमाडौं ३ मै ल्याउँन सकिएको भन्दै विद्युत उत्पादनदेखि उपत्यकामा पानी तथा सिचाईमा समेत टेवा पुग्ने विश्वास लिएको बताएका छन  ।

बाँध जमिनको सतहबाट झण्डै ९० मिटर उचाईको हुनेछ । बाँध निमार्णका लागी अर्थमन्त्रालयबाट ९ अर्बको वजेटको योजना प्रस्तुत भएको छ भने आयोजन सम्पन्न हुन ५ वर्ष लाग्ने अनुमान गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।