समाजसेवी डा. तेज रोक्काको पहलमा रसुवा र नुवाकोटका विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग
कपन अनलाइन
काठमाण्डौ ,असार १४।
कोरोना कहरको दोस्रो लहरबाट प्रभावित नागरिकहरुलाई खाद्यान्न प्रदान गरिएको छ।
रसुवा र नुवाकोट बाट कामको सिलसिलामा काठमाण्डौका विभिन्न ठाउँमा ज्यालादारी गरी जिउने अति विपन्न १९ परिवारलाई काठमाडौंको बालाजु बाईपास र सोह्रखुट्टे नयाँबजारमा भेला गरी FAN का केन्द्रिय सचिव, रोटरी क्लब अफ कपनका ईलेक्ट प्रेसिडेन्ट र सारा मिसनका अध्यक्ष डा. तेज बहादुर रोक्का र उनका सहकर्मीहरू पुर्ण रसाइली र राजेन्द्र चौधरीको पहलमा खाद्यान्न सामग्री जस्तै १ बोरा चामल, दाल, चिनी, तेल, बिस्कुट, चाउचाउ, साबुन, तुथपेस्ट, मास्क, आदि प्रसादको रुपमा वितरण गरिएको थियो ।
यसरी सेवा गर्न पाउनु खुसी र गौरव रहेको बताउदै डा.रोक्काले सक्नेले नसक्नेलाई सहायता गर्नु आत्मा सन्तुष्टि र मानवीय धर्म भएको बताएका छन ।
तपाइँको प्रतिक्रिया ।