नेपाल खेलकुद महासंघको पहलमा रास्ट्रीय तथा अन्तरास्ट्रिय खेलाडीहरुलाई खोप

कपन अनलाइन

काठमाण्डौ ,असार १३।

नेपाल खेलकुद महासंघको पहलमा रास्ट्रीय खेलकुद परिषदमा आबद्व बिभिन्न खेलका रास्टृय-अन्तर्राष्ट्रिय खेलाडीहरुलाई राखेप परिसरमा खोप केन्द्र स्थापना गरि खोप लगाउने कार्य शुभारम्भ भएको छ।
महासंघ अध्यक्ष रमेस पौडेलको नेतृत्व र रास्ट्रिय  अभियानका संयोजक तथा वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत, प्रथम उपाध्यक्ष गोबिन्द भट्टराई, खोप अभियान उप-समितीका संयोजक तथा उपाध्यक्ष सुभाष श्रेष्ठ, महासचिब मेघराज पौडेल, उप-महासचिव शान्तामाया परियार, रामकृण खडका, नन्दा बस्याल, सचिब उमेस केसी, बागमती प्रदेश अध्यक्ष सिताराम कार्की, उपत्यका प्रदेश सचिब केशब ओली लगायतको उपस्थितिमा खोप अभियानको शुभारम्भ गरिएको थियो।
नेपालको रास्ट्रीय पहिचान र गरिमा बढाउने राष्ट्रका गहना खेलाडी तथा प्रशिक्षकहरुलाई बेग्लै खोप केन्द्र स्थापना गरेर कोरोना विरुद्ध खोप लगाउनु पर्ने माग राख्दै महासंघको टोलीले नेपाल सरकार संग केहि पहिले गरेको मागको संबोधन गर्दै खोप लगाउन शुरु गरिएको हो।
खोप केन्द्रमा आएका खेलाडीहरुले महासंघलाई धन्यवाद दिदै संकटको समयमा खेलाडीहरुको वारेमा सोच्ने र गर्ने संगठन पाएकोमा खुसि ब्यक्त गरेका थिए।
तपाइँको प्रतिक्रिया ।