Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/205394115_216395013670517_6473046426145070125_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

सडक विभागमा तालाबन्दी गर्ने बुढानिलकण्ठ-१२ का टोलसुधार समितिहरुको आन्दोलन गर्ने चेतावनी ( बिज्ञप्ति सहित )

कपन अनलाइन

काठमाण्डौ ,असार १३।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का ८ वटा टोल सुधार समितीले तेन्जिङ चोक-खरिबोट सडक प्रतिवाद्त्ता अनुसार निर्माण नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन।

सडक विभाग तालाबन्दी गरेपछि  बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु भट्टराई संगै पक्राउ परेका स्थानीयहरु करिव २ घण्टा प्रहरी नियन्त्रणमा परेर छुटेका छन।

२०७२ शालमा ठेक्का भएर निर्माण शुरु गरिएको तेन्जिङ चोक-फैका चोक-खरिबोट सडक अलपत्र पारेर ठेकेदार कम्पनि सम्पर्कमा नआए पछी सडक विभागको कार्यालय बबरमहलमा ताला बन्दी गरेका वडा अध्यक्ष र स्थानीयहरुलाई प्रहरी कार्यालय तिनकुनेले नियन्त्रणमा लिएको थियो।

आफ्नो वडाको महत्वपूर्ण सडक निर्माणको जायज माग राख्दा प्रहरी नियन्त्रणमा पुग्नुपर्ने दुखद र भ्रत्सर्नायोग्य घटना भोग्नु परेकोमा खेद प्रकट गर्दै  टोल सुधार समितीहरुले अव अपनी बहाना बनाएर निर्माण रोके कडा संघर्ष गर्ने चेतावनी दिएका छन।

टोल सुधार समितिहरुको बिज्ञप्ति :

 

तपाइँको प्रतिक्रिया ।