राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालले बागमती प्रदेसका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझायो

कपन अनलाइन

काठमाण्डौ ,असार १४।

जिफन्ट आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल, वाग्मती प्रदेश कमिटीले विभिन्न मागहरु राख्दै बागमती प्रदेसका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।

सौन्द्रर्य क्षेत्रमा कार्यरत स्वरोजगार सौन्दर्यकर्मी श्रमिकहरुलाई सहजरूपमा काेभिड-१९ बिरूद्धको खोप लगाउने ब्यबस्थाको माग सहित कोभिडले पारेकाे असर र पेशा बिस्थापित हुन नदिनका निम्ती घरभाडा, कोभिडको निशुल्क उपचार, बैंक ब्याज छुट लगायत ८ सुत्रिय माग सहित बागमती  प्रदेशका  मुख्यमन्त्री माननिय डोरमणी पौडेल लाई ज्ञापन पत्र बुझाएको हो।

सौन्द्रर्य पेशा अपनाएर आफ्नै सानाे लगानीमासंचालित  ब्युटिपार्लर तथा सैलुनमा कार्यरत स्वराेजगार महिला श्रमिकको राेजीराेटी नै संकटमा  परेकाे तथा बैंककाे ब्याज साॅवा, घरभाडा तिर्न नसकी बिस्थापित हुने अबस्थामा रहेकाे युनियनले जानकारी दिएको छ ।

सौन्द्रर्य क्षेत्र बिलासिताकाे हाेईन अत्याबश्यक स्वास्थ्य क्षेत्र संग    जाेडिएकाे क्षेत्र भएकोले  क्षेत्रलाई बिस्थापित हुनबाट जोगाउनका निमित्त बाताबरण तयार गरि खोप उपलब्ध गराउन  ज्ञापनपत्रमा आग्रह गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।