एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक असार १६ गते बोलाइयो
कपन अनलाइन
काठमाण्डौ ,असार १३।
नेकपा एमालेले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेर थप कदम चाल्न दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।
स्थायी कमिटीको आज बिहान बसेको बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।बैठकमा सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीको निर्णयलाई मान्यता नदिई कर्णालीका चार सांसदलाई अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको विषयमा समेत छलफल भएको बताइएको छ ।
सर्वोच्च अदालतले राजनीतिक दल सम्बन्धी ऐन २०७५ को दफा ३ ले प्रष्ट गरेको व्यवस्थालाई समेत उपेक्षा गरी त्रुटीपूर्ण फैसला गरेकोले त्यसको कानूनी प्रतिवादमा जानु परेको प्रवक्ता ज्ञवालीले बताएका छन ।
तपाइँको प्रतिक्रिया ।