चम्पादेवी गाउँपालिकाको नवौ गाउँसभा सम्पन्न , के के छन मुख्य योजना तथा कार्यक्रमहरु ?
कपन अनलाइन
ओखलढुंगा,असार १२।
चम्पादेवी गाउँपालिकाको नवौ गाउँसभा सम्पन्न भएको छ ।
गाउँपालिकाका प्रमुख नबराज केसिको अध्यक्षतामा वडा अध्यक्षहरु, गाउँसभा सदस्यहरु,स्थानीयबासिहरु तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितमा गाउँपालिकाको कार्यालय सुन्दरपुरमा गाउँसभा सम्पन्न भएको हो।
चम्पादेबी गाउँपालिकाले प्राथमिकतामा राखेका कार्यक्रम तथा योजनाहरु :
स्वास्थ्य क्षेत्र:
१.प्रत्येक गर्भवती लाई पौष्टिक आहाराको लागि अण्डा हर्लिक्स जस्ता पौष्टिकजन्य आहारा वितरण गरिने भएको छ ।२.पालिकाभित्रका प्रत्येक स्वास्थ्य संस्थामा अक्सिजन सिलिन्डर सहित ब्यबस्थित आइसुलेसन बेड स्थापना गरिने।
३.गाउँपालिका भित्रका गर्भवतिहरु सुत्केरी हुन स्थानिय वा देशभित्रका कुनैपनि स्वास्थ्य संस्थामा जानुपरेमा गाउँपालिका ले निशु:ल्कएम्बुलेन्स सेवा उपलब्ध गराउने छ ।
४.पालिका भित्रका हरेक वडाहरुमा आधाघन्टाभित्र स्वास्थ्य सेवा को पॅहुच पुर्याउने उदेश्यले चम्पादेविको वाडनं ५को फेदीगुठ,वाडनं७,वाडनं ३ को शिल्खुबेशि, जस्ता ठॅाउहरुमा स्वास्थ्य इकाई स्थापना गरिने भएको छ।
६.लोपन्मुख जाति माझिहरुको सुबिधालाइ ध्यानमा राखि पालिकाको नाकामा पर्ने नवलपुरघाटमा स्वास्थ्य युनिट राखिने छ।
७.कोभिडका कारण आइसुलेसन र भ्यान्टलेटरमा उपचार गरिरहेका बिमारिका लागि रु३००००(तिस हजार)आर्थिक सहयोग पालिकाबाटगरिने भएको छ ।
कृषि तथा पशु :
१.कृषि तथा पशुपालन कार्यक्रम अन्तर्गत स्थानीय स्तरमा उत्पादित तरकारी तथा फलफुलहरुको बजारिकरणका लागि गाउँपालिकालेउचित व्यवस्थापन गर्ने भएको छ।
२.कृषकहरुको बृतिबिकाशका लागि गाउँपालिकाले १ गाउँ १ पकेट कार्यक्रम सञ्चालन गर्ने भएको छ ,
२.कृषिमा युवा परिचालन कार्यक्रम गरिने भएको छ ।
३.बाझो जमिन प्रयोग गरि कृषि उत्पादन गर्ने लाई बिशेष अनुदानको व्यवस्थापन गरिने भएको छ ।
४.१० जना भन्दा बढि व्यक्तिलाई रोजगारि दिने कृषि उधमिलाइ अनुदान दिने व्यवस्थापन गरिएको छ ।
५.उत्कृष्ट ३ वटा लैना भैंसी तथा गाइपाल्ने कृषकलाई अनुदान दिने भएको छ।
६.कृषि सेना कार्यक्रम मार्फत कृषि उधमिलाइ कार्यबिधि निर्माण गरि प्रोत्साहन गरिने छ ,
७.बिपन्न बर्गका एकल महिला तथा एकल पुरुष कृषक हरुलाइ ब्याबसायिक कृषिका लागि बिशेष अनुदानको ब्यबस्था गरिने छ।
८.कृषकहरुको मनोबल बढाइ प्रोत्साहित गर्नका लागि हरेक बर्ष पालिकाभित्रका कुनैपनि वडामा कृषी मेलाको आयोजना गरिने छ।
बन वातबरण, पुर्वधार विकास :
१.गाउँपालिका भित्र सबै वडाहरुमा केन्द्रीय बिधुत विस्तार गरिने भएको छ।
२.पालिका भित्रका सबै वडाहरुमा सडक सञ्जाल विस्तार गरि यीतायातमा सहज बनाइने छ।
३.पर्यटन क्षेत्र विकासको लागि भ्युटावर तथा पार्कहरु निर्माण गरिने छ,
४.नमुना काम गर्ने उपभोक्ता समितिलाई पुरस्कृत गर्ने नीति अबलम्बन गरिने छ ,
६.खेलकुद विकासको लागि गाउँ पालिका भित्र निर्माणाधिन खेलकुद मैदानहरुको निर्माण कार्यलाइ निरन्तरता दिइने छ ।
शिक्षा क्षेत्र :
१ स्वच्छ तथा स्वास्थ्य बाताबरणका लागि प्रत्येक बिध्यालयमा रुख बिरुवा लगाइ हरियालि कार्यक्रम सुरु गरिने छ।
२.प्राबिधिक तथा व्यवसायिक शिक्षालाई जोड दिइने छ ।
३.स्थानीय तहमा आफ्नै पाठ्यपुस्तक व्यवस्थापन गरिने छ ।४.शिक्षक लगायत सम्पूर्ण कर्मचारीलाई साप्ताहिक खाजा स्वरुप १००रुपैया कार्यक्रम लागू गरिने छ ।
४.गाउँपालिका भित्रका जेहन्दार बिध्यार्थिहरुलाइ प्राबिधिक तथा व्यवसायीक उच्च शिक्षा अध्ययनमा सहुलियत दिने व्यवस्था गरिने छ ।
५.दलित छात्रा, तथा अपांगहरुका लागि प्रबिधिक शिक्षा तर्फ सहुलियतमा प्राथामिकता दिइने ।
सॅास्कृतिक,धार्मिक तथा पर्यटन :
१.आन्तरिक तथा बाहिय पर्यटन प्रबर्धनकालागि गॅाउपालिका भित्र प्याराग्लाइडिङ,भ्युटावर निर्माण,होमस्टेको बिकास जस्ता कुरहरुमालागि जोड दिइने छ ।
२.चम्पादेवि ककनि मन्दिर लाई जिल्लामै नमुना र ठुलो धार्मिक तथा पर्यटकिय रुपमा बिकास गरिने छ।
३.जातिय भेषभुषाका आधारमा संस्कृतिको सम्रक्षण र सम्बर्द्धन गरिने छ,स।
४.स्थानीयसेवाका कर्मचारीलाई १० दिने पर्यटन काज उपलब्ध गराइने छ।
खानेपानी :
गाउँपालिका भित्र सञ्चालनमा रहेको बिभिन्न स्थानका सबै खानेपानीको कार्यक्रम हरुलाई यस बर्ष भित्र सम्पन्न गरिने छ ।
लक्षित वर्ग :
१.जेष्ठ नागरिक हरुका लागि दिवा सेवा केन्द्र स्थापना गरि मनोरंजन तथा अनुभब आदान प्रदान गर्ने स्थान उपलब्ध गराउने र निशुल्कस्वास्थ्य परिक्षण गर्ने नीति ल्याइने छ।,
२.विपन्न एकल पुरुषको तथ्यांक सङकलन गरिने छ,श्रीमान वेपत्ता भएको ५ वर्ष नाघेको वा श्रीमानले त्यागी अलपत्र परेका असाहायमहिलाहरुको तथ्यांक सङ्कलन गरि आबस्यकता अनुसारको सीप तथा रोजगार मुलक कार्यक्रममा प्राथमिकता दिइने छ।
२.बुहारि छात्रवृत्ति तथा मृतक परिवारलाई राहत उपलब्ध गराइने छ ।
३.अल्पसंख्यक पिछडिएका वर्ग,जनजाति,खसआर्य, दसनामि लगायतका भुमि पुत्रहरुको परम्परागत सस्कृतिको जगेर्ना गरिने छ ।
४.हरेक वडाहरुमा आमासमूह सञ्जाल भवन निर्माण गरिने भएको छ ।
५चम्पादेवि गाउँपालिका भित्र रहेका पलापु १/२ विलन्दु ८/९ र चम्पादेवि ६ घोराखरिलाइ औधोगिकग्राम स्थापना गरि एकीकृत वस्तिकोविकास गरिने छ।
६.चम्पादेबी गाउँपालिका भित्र बसोबास गर्दै आएका बादि,माझि,भुजेल जस्ता लोपन्मुख जातिहरुको संरक्षण गरिने छ।