Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/IMG_8782-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/IMG_8787-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

शंखरापुर नगरपालिकाको छैटौं नगर सभा सुरु

कपन अनलाइन

काठमाडौँ, असार ११। शंखरापुर नगरपालिकाको छैटौं नगर सभा सुरु भएको छ ।  पर्यटन र कृषि समृद्दीको मूल आधार  सांस्कृतिक बिकास स्थानीय सरकार भन्ने मूल  नाराको साथमा शंखरापुर नगरपालिकाको छैटौं नगर सभा बिहिबार बाटबाट सुरु भएको नगर सभाको अध्यक्षता  शंखरापुर  नगरपालिकाका  उप प्रमुख  शुक्र लक्ष्मी श्रेष्ठले गरेकी थिइन् ।उक्त कार्यक्रममा  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वडा अध्यक्षहरु नगर कार्यपालिका सदस्यहरु सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो  भने कार्यक्रम संचालन  प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले गरेका  थिए।

कार्यक्रममा नगर प्रमुख सुवर्ण श्रेष्ठले नगरपालिकाको आगामी आर्थिक बर्ष २०७८।०७९ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नगरले कोभिड प्रतिकार्य तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको जानकारी गराउदै  नगरको वार्षिक नीति तथा कार्यक्रममा पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्धधन, साँस्कृतिक सम्पदाहरुको संरक्षण, शहरीकरण व्यवस्थापन, रोजगारी सिर्जना, आर्थिक विकास, कृषिको आधुनिकीकरण, विपद् व्यवस्थापन, सहकारी, खेलकूद, महिला तथा वालवालिका, अपांगता भएका व्यक्तिहरु, जेष्ठ नागरिक सबैलाई समेटीएको समग्र नगरको विकास र समृद्धिका लागि लागि सकारात्मक लाभ पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता राखिएको प्रतिवेदन प्रस्तुत गरेका  थिए  ।

 शंखरापुर नगरपालिकाले करिब ९६ करोड रुपैयाको   प्रस्तावित बजेट पेश गरेको छ । दोस्रो चरणको कोरोना सङ्क्रमण बढीरहेको बेलामा शंखरापुर नगरपालिका स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नगरसभामा आव २०७८/०७९ को बजेट पेश गरेको हो ।नगरसभामा नगर उपप्रमुख शुक्र लक्ष्मी श्रेष्ठले  आव २०७८/०७९ को बजेट  पेश गर्दै  नगरवासीको जीवनरक्षाका लागि नगरपालिकाले अहोरात्र खटेर काम गरिरहेको उल्लेख गरेकी थिइन् । उनले समृद्ध  शंखरापुर  नगरपालिका निर्माणका लागि आगामी नीति तथा कार्यक्रमले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेकी थिइन ।कार्यक्रममा  नगर  सभा सदस्यहरुले नीति तथा कार्यक्रम माथि आफ्नो राय तथा सुझाब समेत  दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।