गोसाइँकुण्ड गाउँपालिकाद्वारा नर्स प्रतिमा लामा सहित ११ जना स्वास्थ्य क्षेत्रका व्यक्तिहरुलाई सम्मान

गोसाइँकुण्ड गाउँपालिकाद्वारा नर्स प्रतिमा लामा सहित ११ जना स्वास्थ्य क्षेत्रका व्यक्तिहरुलाई सम्मान

कपन अनलाइन

रसुवा ,असार ११ /सुजन तामाङ्ग (लोपेन)

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले सामाजिक अभियानता नर्स प्रतिमा लामा सहित ११ जना स्वास्थ्य क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । गाउँपालिकाको नवौं गाउँसभाको अवसरमा सामाजिक विद्यालय नर्स प्रतिमा लामा सहित विभिन्न स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी्लाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा विमाल घिमिरे गाेसाईकुण्ड गाँउपालिका स्वास्थ्य विभाग संयाेजक विमल घिमिरे, लाङटाङ स्वास्थ्य चाैकी ईनचार्ज खुम्बु बाेहाेरा, रसुवा स्वास्थ्य चाैकीमा कार्यारत अहेवा राजेश विष्ट र रसुवा स्वास्थ्य चाैकी सहित ६ जना स्वयम् सेवीहरू गरेर ११ जनालाई सम्मान गरेका हुन । सम्मानित हुने स्वास्थ्यकर्मीहरूलाई ५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र र मायाकाे चिनाे प्रदान गरिएको छ ।

सम्मान कार्यक्रममा गाेसाईकुण्ड गाउपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, उपाध्यक्ष कारग्यालमाे श्रेष्ठ, प्रशासकीय अधिकृत देविलाल सापकाेटा अनि गाेसाईकुण्ड गाउपालिका सम्पूर्ण ६ वडाध्यक्षहरू द्वारा सम्मान पत्र प्रदान गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।