Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/203681111_238163297809343_3214985873481263897_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेकपा एमाले लिखु गाउँपालिकाको कोरोना संक्रमितहरुलाई पोषण युक्त भोजनको कोसेली

कपन अनलाइन
काठमाण्डौ ,असार ११।

नेकपा एमाले लिखु गाउँपालिका  कमिटी र नेकपा एमाले ओखल्ढुङ्गा लिखु काठमाडौ सम्पर्क मन्चको संयुक्त पहलमा लिखु गाउँपालिकाका कोरोना संक्रमितहरुलाई पोषण युक्त भोजन वितरण गरिएको छ।

सो अवसरमा  गाउँपालिकाका संक्रमित र उनीहरुका परिवारहरु संग भेटघाटको अभियान अन्तर्गत  सचेतना जगाउदै पोषणयुक्त खाना भएको झोला बाढिएको थियो

नेकपा एमालेका नेताहरु नानी बाबु बुढाथोकी ,तिर्थ सुवेदी ,प्रेम भट्टराई, शेखर  भट्टराई लगायतको उपस्थितिमा  २९१ जना संक्रमितहरुलाई कोसेली र  कोरोना बाट मृत्यु हुने खाल्टेका अनिल मगरको परिवारलाई  नगद ५हजार प्रदान गरिएको ओखल्ढुङ्गा लिखु काठमाडौ सम्पर्क मंचका  कोषाध्यक्ष रंजन ढुंगेलले  जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।