विकास योजना अनुगमनलाई तीव्र बनाउदै बुढानिलकण्ठ नगरपालिका

कपन अनलाइन

काठमाण्डौ ,असार १०।

बुढानिलकण्ठ नगरपालिकाले विकास योजनाहरुको अनुगमनलाई तीव्र बनाएको छ। आव २०७८/७९ का लागि १ अरब ८२ करोड ९२ लाख ७६ हजारको बजेट प्रस्ताव गरेको नगरपालिकाले गत आवमा सम्पन्न भएका विभिन्न योजनाहरुको अनुगमन गरेको थियो।

बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राईको नेतृत्वमा रहेको टोलीले असार १० गते वडा नं ११ को ढल मंगल ,सडक आरसिसि ,खत्री टोल उपभोक्ता समिति को योजना ,ज्ञान प्रकास मार्ग सडक ढलान र सुन्दरबस्ती पर्खाल तथा बाटो ढलान लगायतका योजनाहरुको अनुगमन गरेको थियो।

सो अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० का सदस्य तथा अनुगमन समितिका सदस्य चन्द्रमान श्रेष्ठ ,वडा नं २ का सदस्य तथा अनुगमन समिति सदस्य राजेन्द्र श्रेष्ठ  सहित नगरपालिकाका इन्जिनियर  र योजना शाखाका प्रतिनिधिको  सहभागिता रहेको थियो।

तपाइँको प्रतिक्रिया ।