नागार्जुन नगरपालिकाको ५औं नगर सभा सुरु

नागार्जुन नगरपालिकाको ५औं नगर सभा सुरु

कपन अनलाइन

काठमाडौँ, असार १० । नागार्जुन नगरपालिकाको ५औं नगर सभा सुरु भएको छ । समृद्ध नागार्जुनको आधार, पर्यटन सहितको पूर्वाधार भन्ने मूल नाराको साथमा नागार्जुन नगरपालिकाको ५ औं नगर सभा बुधबार बाट सुरु भएको हो।बागमती प्रदेश सभा सदस्य केशब पोखरेलको प्रमुख आतिथ्यमा शुरु भएको सो नगर सभाको अध्यक्षता तारकेश्वर नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले गरेका थिए।उक्त कार्यक्रममा बिशेष अतिथिकोरुपमा बागमती प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठ,  प्रमुख प्रशासकीय अधिकृत बिभिन्न राजनीतिक दलका प्रतिनिधि , वडा अध्यक्षहरु नगर कार्यपालिका सदस्यहरु सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो  भने कार्यक्रम संचालन नगर प्रवक्ता थुमराज केसीले गरेका  थिए।

कार्यक्रममा नागार्जुन नगरपालिका वडा न.९ का वडा अध्यक्ष राम कृष्ण भट्टराईले स्वागत मन्तब्य राखेका थिए।  कार्यक्रममा नगर प्रमुख मोहन बहादुर बस्नेतले नीति कार्यक्रम माथि  प्रकाश पारेका थिए। नगरपालिकाले कोरोना भाइरसका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएकाहरुलाई प्रथमिकतामा राख्ने उनले  जानकारी गराएका थिए ।

कार्यक्रममा नगर उपप्रमुख सुशिला अधिकारीले नगरपालिकाको आगामी आर्थिक बर्ष २०७८।०७९ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन। नगरले कोभिड प्रतिकार्य तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको जानकारी गराउदै  नगरको वार्षिक नीति तथा कार्यक्रममा पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्धधन, साँस्कृतिक सम्पदाहरुको संरक्षण, शहरीकरण व्यवस्थापन, रोजगारी सिर्जना, आर्थिक विकास, कृषिको आधुनिकीकरण, विपद् व्यवस्थापन, सहकारी, खेलकूद, महिला तथा वालवालिका, अपांगता भएका व्यक्तिहरु, जेष्ठ नागरिक सबैलाई समेटीएको समग्र नगरको विकास र समृद्धिका लागि लागि सकारात्मक लाभ पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता राखिएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

उनले नगर सभामा आगामी आ.ब.२०७८।०७९ का लागि १ अर्व ९६ करोड ७५ लाख २५  हजार  ४ सय ७४रुपैयाको प्रस्तावित बजेट पेश गरेकी थिइन। नगर सभामा लेखा समिति, न्यायिक समिति लगायतका प्रतिवेदनहरु छलफलका लागि प्रस्तुत गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य केशब पोखरेल, बागमती प्रदेश सभा सदस्य   प्रकाश श्रेष्ठ लगायतले  शुभकामना मन्तब्य राख्दै नगर सभा सफलताको कामना गरेका थिए । आगामी आ.व.मा लिने कर , शुल्क आदिको दर र दायरा समेटिएको आर्थिक विधेयक २०७८ र आगामी आ.व.मा प्राप्त हुने आय र व्यय अर्थात योजना र कार्यक्रमहरू समेटिएको विनियोजन विधेयक , २०७८ माथि विस्तृत छलफल गरी पारित गर्न र विभिन्न नीतिगत निर्णयहरू गर्नका लागि नगर सभाको अर्को बैठक मिति २०७८/०३/२१ गते परिकार पार्टि प्यालेस , स्यूचाटारमा दिनको ११:०० बजे बस्ने गरी  बैठक स्थगन गर्ने निर्णय  नगरपालिकाले जानकारी गराएको छ  ।

फोटो : मुग्लानी खबर

 

 

 

तपाइँको प्रतिक्रिया ।