हेलम्बुका बाढी पिडितलाई सामाजिक जागरण नेपाल (SAMIN) को सहयोग

 कपन अनलाइन 

काठमाण्डौ ,असार १०।

सामाजिक जागरण अभियान नेपाल (SAMIN) ले इमर्जेन्सी लाइट र स्वास्थ सामाग्री बाढी पीडित लाई हस्तान्तरण गरेको छ । हेलम्बु गाउपालिका  क्युलमा रहेका पीडितहरुलाई डेटोल साबुन, सेनिटरी प्याड, माक्स र इमरजेन्सी लाइट जस्ता सामाग्रीहरु सहयोग गरिएको थियो।

संस्थाका सचिव  सुबिन चालिसेको संयोजकत्वमा चिरन कुइकेल ,देब चन्द्र राई , कुमार चालिसे सहितको टोलीले हेलम्बु गाउँपालिका वडा नबर १ र २ का ५० घरलाई राहत प्रदान गरेको थियो  ।

यो अवसर मिलाइदिने अस्ट्रेलिया निवासी समिनका संस्थापक  सदस्य बिजय बजगाई लाई धन्यवाद दिदै संस्थाले  ” एक नेपालीलाई घाउ चोट लाग्दा अर्को नेपालीलाई दुख्छ, देशको सिमानाले हाम्रो भावनालाई रोक्न सक्दैन ” भन्ने भावनाले सहयोग गरेको बताएको छ।

तपाइँको प्रतिक्रिया ।