युवा नेता जीवन राईको नेतृत्वको नयाँ दलले दर्ता प्रमाण पत्र पायो,चुनाव चिन्ह कलम

युवा नेता जीवन राईको नेतृत्वको नयाँ दलले दर्ता प्रमाण पत्र पायो,चुनाव चिन्ह कलम

 कपन अनलाइन 

काठमाण्डौ ,असार १०।

नेकपा एमालेमा लामो समय देखि क्रियाशील  युवा नेता जीवन राईको नेतृत्वमा  नयाँ दल दर्ता भएको छ । राईले निर्वाचन आयोगबाट नयाँ दल दर्ताको प्रमाणपत्र पाएका छन् ।

उनको दल नेकपा एकीकृतमा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐनविक्रम कुँवर सचिव र सुशील खनाल कोषाध्यक्ष रहेका छन् । कार्यसमिति २५ सदस्यीय छ । एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्व नेता राईले नेकपा (एकीकृत) नामको दल दर्ताका लागि वैशाख ७ गते आयोगमा निवेदन दिएका थिए ।

आयोगको जेठ ३० गतेको बैठकको निर्णय अनुसार आज प्रमाणपत्र प्राप्त गरेको उनले बताएका छन् । राई अध्यक्ष रहेको पार्टीको चुनाव चिह्न कलम छ । दल दर्ताको प्रमाणपत्र पाएपछि अध्यक्ष राईले पार्टीको भविष्य उज्वल रहेको बताएका छन् । ‘हामीले सबै पार्टीका नेताहरुसँग दल दर्ताअघि कुराकानी र छलफल गर्‍यौं’, उनले भने, ‘सबै कम्युनिष्टहरुलाई एकीकृत बनाउनका लागि नेकपा (एकीकृत) बनाएका हौं ।’

तपाइँको प्रतिक्रिया ।