बुढानिलकण्ठ नगरपालिकाको आठौ नगर सभा शुरु, २१ मुख्य योजनाहरु प्राथमिकतामा

बुढानिलकण्ठ नगरपालिकाको आठौ नगर सभा शुरु, २१ मुख्य योजनाहरु प्राथमिकतामा

कपन अनलाइन

काठमाण्डौ ,असार ९।

बुढानिलकण्ठ नगरपालिकाको आठौ नगर सभा शुरु भएको छ। बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलको अध्यक्षतामा भएको नगर सभाको उद्घाटन शत्रमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो।

बागमती प्रदेसका प्रदेस सभा सदस्य तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक दिपक निरौला ,सार्वजनिक लेखा समितिका सभापति  न्युछे नारायण श्रेष्ठ , प्रदेस सभा सदस्यहरु भीमसेन खत्री र सिता लामा, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की, जिसस काठमाण्डौ सदस्य सावित्री ढकाल ( भट्टराई )  को उपस्थितिमा भएको नगर सभामा प्रमुख खरेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उप प्रमुख रमा राईले स्वागत मन्तव्य राखेकी थिइन।

नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष  प्रदिप डंगोल , नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष रबिन अधिकारी ,नेपाली कांग्रेसका नगर  उपसभापति गोकर्ण केसी, जसपाका प्रतिनिधि जय गोले तामांग , राप्रपाका प्रतिनिधि श्याम बहादुर खत्री ,सल्लाहकारहरु मिठाराम अधिकारी ,बिन्दा गौतम ,राधाकृष्ण भण्डारी , वडा अध्यक्षहरु ,नगर कार्यपालिका सदस्यहरु,नगर सदस्यहरु लगायतको उपस्थितिमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा १० क्षेत्रहरु र २१ योजनाहरुलाई प्राथमिकतामा राखिएको छ।

नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि सबै वडा कार्यालय भवन निर्माण ,कपन ह्यान्डबल मैदान निर्माण , सृजना पार्क ,संग्रहालय ,थोक तथा खुद्रा विक्रीका लागि तरकारी बजार स्थापना ( ठेक्का भैसकेको ) ,बुढानिलकण्ठ बसपार्क निर्माण ,७ किलोमिटर साइकल तथा पद मार्ग निर्माण ,प्रत्येक वडामा दुई हरियाली पार्क निर्माण सहितका २१ योजनाहरुलाई प्राथमिकतामा राखेको छ।

तपाइँको प्रतिक्रिया ।