दक्षिणकालीमा विभत्स भेटिएको शवको पहिचान खुल्यो ,युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

कपन अनलाइन

काठमाण्डौ ,असार ९।

दक्षिणकालीमा विभत्स अवस्थामा भेटिएको महिलाको पहिचान खुलेको छ । उक्त शव पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको प्रहरीले जानकारी दिएको छ ।  ‘विस्तृत अनुसन्धान भइनै रहेको छ । तर शव पहिचान भएको छ, शव सन्तोषी सुब्बा​को भन्ने खुलेको छ’, खापुङले भने ।

सन्तोषी कालोपुलमा धर्म बुबा भनिने धर्मबहादुर तामाङसँग बस्दै आएकी खुलेको छ। प्रहरीले अहिले तामाङसँग आवश्यक सोधपुछ गरिरहेको छ। तामाङले बयानामा ३/४ दिनदेखि सम्पर्क नभएको बताएका छन्।

सन्तोषी विभिन्न चराको आवाज निकाल्न सक्थिन्। उनले ६५ भन्दा बढी चराको आवाज निकाल्थिन्।

प्रहरीले मंगलबार दक्षिणकालीको शौचालयबाट महिलाको शव बरामद गरेको थियो । प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको हुनसक्ने देखिएको उनले बताए । ‘पिकनिक स्पट छेऊ पुरानो ट्वाइलेटमा शव भेटिएको छ’ खापुङले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

महिलाले लगाएको माला छरिएको अवस्थामा फेला परेकाले मृत्युभन्दा अघि संघर्ष गरेको हुनसक्ने अनुमान गरिएको छ। त्यस्तै घटनास्थलमा श्रृगारको सामानदेखि स्यानिटाजर समेत छरिएको अवस्थामा भेटिएको छ।

तपाइँको प्रतिक्रिया ।