चन्द्रागिरी नगरपालिकामा चितुवा आतंक, आक्रमणमा परेर दुई जना घाईते

कपन अनलाइन

काठमाडौं,असार ९। चन्द्रागिरि नगरपालिकामा चितुवाको आक्रमणबाट दुई जना घाईते भएका छन् ।चन्द्रागिरि नगरपालिका–१२ ठोस्नेधारामा मामंगलबार साँझ चितुवाको आक्रमणमा परी दुई जना घाइते भएका हुन्। घाइते हुनेमा वडा नम्बर एक दहचोकका ३४ वर्षिय शुशिल तामाङ र २६ वर्षिय राज पोखरेल रहेका छन् ।

उक्त घटना घटे लगत्तै दुबै जनालाई स्वयम्भु स्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो । उपचार पछि मंगलबार साँझनै घर फर्किएका छन् ।

 फोटो :चन्द्रागिरी  न्युज

तपाइँको प्रतिक्रिया ।