दक्षिणकाली मन्दिरको पार्किङ सँगै शौचालयमा फेला परेको महिलाको शव पहिचानमा समस्या

दक्षिणकाली मन्दिरको पार्किङ सँगै शौचालयमा फेला परेको महिलाको शव पहिचानमा समस्या

कपन अनलाइन

काठमाण्डौ ,असार ९ ।

काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा फेला परेको महिलाको शव पहिचानमा समस्या भएको छ । अनुहार चिन्न नसक्ने गरी लागेको चोटका कारण शव पहिचानमा समस्या भएको बताइएको छ ।

घटनास्थलमा सँगैको रुखको हाँगामा महिलाको मास्क भेटिएको छ । मङ्गलबार अर्धनग्न अवस्थामा फेला परेको शवसँगै उनले लगाएको चप्पल भेटिएको थियो । हत्या गरेर छाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिएका छन  ।

घटनास्थलमा मृतकको नक्कली गहना पनि फेला परेको छ । घटना अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुर पनि प्रयोग गरेको थियो । तर, कुकुर घटनास्थल वरपर मात्र घुमेको र हत्यारा हिँडेको बाटोको ट्रयाक नलिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिएका छन  । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

मृतकको मास्क, कपडा र चप्पल कसैले चिनेमा अपराध महाशाखामा खबर गर्न एसएसपी खापुङले आग्रह समेत  गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।