कपन ह्यान्डबल मैदान निर्माणमा चरम ढिलासुस्ती

कपन ह्यान्डबल मैदान निर्माणमा चरम ढिलासुस्ती

कपन अनलाइन

काठमाडौं ,असार ९।

कपन ह्यान्डबल मैदान निर्माणमा चरम ढिलासुस्ती भएको छ । काठमाण्डौका धेरै ठाउमा पहिला टेन्डर पार्न लडाई गर्ने अनि परे पछि एक दुई दिन डोजर हानेर बनाए जस्तो गर्ने रोग खुल्ला रुपमा देखिन्छ र त्यसको पछिल्लो उदाहरण बनेको छ कपन ह्यान्डबल मैदान।

टेन्डरमा राखिएको विशेष प्रावधानको बलमा योजना निर्माणको टेन्डर पाएको कम्पनीले केहि दिन डोजर कुदाएर डाँडा भकाए पछी अहिले सम्पर्क बिहिन जस्तै भएको छ।

बुढानिलकण्ठको ठुलो पूर्वाधारका रुपमा रहेको यो मैदान अहिले अलपत्र र निकै बिजोग अवस्थामा देखिन्छ भने यसको निर्माण सम्पन्न गर्नुपर्ने अवधि पनि लम्बाईने संकेत देखापरेको छ।

पीएस -एस एच सी -जीएस एच सी (जेभी ) ले टेण्डर पारेर ८ करोड ९० लाख २९ हजार २१३ रुपैया ५४ पैसा लागतमा निर्माण हुन् लागेको सो मैदान २०७९/४/३० मा सम्पन्न हुनु पर्ने देखिन्छ। तर त्यहा भैरहेको कछुवा गतिको निर्माण हेर्दा कोरोना सहित अनेक बहाना बनाएर ठेकेदार कम्पनीले काममा ढिलाई गर्न सक्ने देखीन्छ।

पहिलो चरणमा प्यारा फिट , चेंजिंग रुम लगायतका महत्वपूर्ण संरचना निर्माण गर्दै अन्य संरचनाको विकासमा लाग्नुपर्ने समयमा २०७७-११-३ मा सम्झौता भएको यो योजनामा डोजरले माटो मैदानमा जम्मा गर्ने बाहेक खासै काम भएको देखिदैन।

योजनाको सुचना पाटी :

 

 

तपाइँको प्रतिक्रिया ।