शंखरापुर नगरपालिकाको राजकुलो पुनर्निर्माणले गति लियो

शंखरापुर नगरपालिकाको राजकुलो पुनर्निर्माणले  गति लियो

कपन अनलाइन

काठमाडौं असार ९। शंखरापुर नगरपालिकाको सम्पदा बस्ती अन्तर्गत वडा नं. ६ र ७ साँखु बजार भित्र पर्ने ऐतिहासिक राजकुलोको पुन निर्माणको कामले गति लिएको छ  ।साँखु राजकुलो पुन निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेश श्रेष्ठका अनुसार हाल पुन निर्माण कार्यको करिब ६० प्रतिशत काम सकिएको छ।५ वटा समुहमा दैनिक १ सय ५० जना कामदार पुन निर्माण कार्यमा खटिएको उनले जानकारी गराएका छन  ।

रास्टृय पुन निर्माण प्राधिकरणको ३ करोड ५० लाख लागत गत जेठ २५ गते काम शुरु भै असार २० गते भित्र काम सम्पन्न गर्नु पर्ने अध्यक्ष श्रेष्ठले बताए ।करिब साढे ३ किलोमीटर राजकुलो र राजकुलो संग जोडिएको सहायक कुलोमा समेत काम भैरहेको र निर्धारित समयमै सम्पन हुने उनले बताएशंखरापुर नगरपालिका साँखु सम्पदा बस्ती पुन निर्माण उप समितिका पदाधिकारीहरुको टोलिले राजकुलो पुन निर्माण कार्यको स्थलगत अनुगमन गर्दै आएका छन ।

ऐतिहासिक महत्वको साँखुको राजकुलोको पुन निर्माण गर्न धेरै मेहनत र पहल गरेको स्मरण गर्दै नगर प्रमुख श्रेष्ठले  हाल आएर सफलता मिलेको बताएका छन।साँखु शहर लाई सम्पदा बस्तिको रुपमा बिकास गर्न सके पर्यटनको बिकास हुने बिश्वास ब्यक्त गरेका छन।राजकुलो पुन निर्माण गर्ने आफ्नो सपना पूरा हुन लागेकोमा धेरै खुशी लागेको बताउदै अनुगमन समितिकि संयोजक एबम शंखरापुर नगरपालिकाकि उपप्रमुख  शुक्र लक्ष्मी श्रेष्ठले राजकुलो पुन निर्माणमा जनताको सहयोग पनि महत्वपूर्ण रहेको बताउदै आएकी छिन ।राजकुलो पुन निर्माण संगसंगै यस्को महत्व बारे जनस्तरमा जनचेतना जगाइ नियमित संचालनमा ल्याउन सके मात्र योजनाले सार्थकता पाउने वडा नं. ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ बताउछन  ।राजकुलो लाई पेलेर घर बनाउने, पेटि बनाउने र घरको ढल मिसाउने कार्यलाई निरुत्साहित गर्नु पर्ने निरन्तर पानी बग्ने बनाउनु पर्ने वडा नं. ७ का वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ बताउछन  ।

बजार भित्र राजकुलोको काम हुँदै गरेकोले सहज आवतजावतमा केही समय समस्या पर्ने भएकोले बैकल्पिक बाटो प्रयोग गर्न उपभोक्ता समितिका सदस्य श्रेष्ठले आग्रह गरेका छन।राजकुलो पुन निर्माण संगै ३३ प्रतिशत भाग घर पसलको लागि ढुङ्गाले छोप्न पाउने र ६७ प्रतिशत खुल्ला गर्नु पर्ने अबधारणा समितिले ल्याएको छ ।शंखरापुरका संस्थापक  शंखदेव राजाको सपनाका रुपमा सो बजारको आठ वटै टोल जोड्ने उक्त राजकुलोलाई नगरपालिकाले प्राथमिकतामा राखेर पुनर्निर्माण अगाडी बढाएको हो।माता बज्रयोगिनीको निर्देशनमा राजा शंखदेवले बज्राचार्यहरुका नवौ पुस्ता जोगदेव बज्राचार्यले उक्त कुलो सहित शंखरापुर नगरको निर्माण गरेका थिए।

शांखु ऐतिहासिक स्वरूप र संरचनाहरुलाई जगेर्ना गर्दै सांस्कृतिक शहरका रुपमा शंखरापुरलाई विकास गर्ने योजना अनुरुप समान घर र संरचना बनाउन अनुदान दिने घोषणा गरेर काम अगाडी बढाएको  नगरपालिकाले “राजकुलो” लाई पनि प्राथमिकतामा राखेको थियो।उक्त राजकुलो कलि सम्बत १८०१ मा निर्माण भएको मानिन्छ। अहिले कलि सम्बतको ५१२२  वर्ष चलिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।