हेलम्बुका बाढी पिडितहरुका लागि गोकर्णेश्वर नगरपालिकाले ५ लाखको चेक हस्तान्तरण गर्यो

हेलम्बुका बाढी पिडितहरुका लागि गोकर्णेश्वर नगरपालिकाले ५ लाखको चेक हस्तान्तरण गर्यो

कपन अनलाइन

सिन्धुपाल्चोक, असार ९। गोकर्णेश्वर नगरपालिकाले सिन्धुपाल्चोक हेलम्बुका  बाढी पिडितहरुका रु ५ लाख रुपैया सहयोग गरेको छ ।मंगलबार नगरपालिकाका प्रमुख  सन्तोष चालिसे, , नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य नगरपालिकाका  प्रमुख सल्लाहकार दिपक रिसाल , वडानं ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ सहितको टीम सिन्धुपाल्चोक पुगेर हेलम्बु गाउँपालिकाको नाममा ५ लाखको चेक हस्तान्तरण गरेका हुन ।

 चेक हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख चालिसेले  एउटा स्थानीय तहलाइ परेको बिपतमा अर्को स्थानीय तह बाट सहयोग गर्नु पर्ने दायित्व सम्झेर  सहयोग गरेको बताए।   उनले छिमेकी जिल्लामा विपत्त आइपर्दा आफुहरु हेरर मात्र बस्न नसक्ने उल्लेख गरे । ‘सिन्धुपाल्चोक दुरि र भेगका हिसावले पनि  छिमेकी भएको बताउदै  एक छिमेकीलाई विपत्त पर्दा हामी टुलुटुलु हेरर बस्न सकेनौं, जति सक्छौं त्यति सहयोग गरौं भनेर बाढी आएको भोलीपल्टै राहतको घोषणा गरेका हौं उनले भने,। ‘भोली यस्ता विपत्त हामीलाई पनि पर्न सक्छन् एक अर्का मिलेर विपत्तको सामान गर्नुपर्छ ।’बाढी-पहिरोले सिन्धुपाल्चोकका हेलम्बु र मेलम्चीमा ठूला क्षति पुर्याएको छ ।

फोटो : सामाजिक संजाल

तपाइँको प्रतिक्रिया ।