बुढानिलकण्ठ-८ का अनुभवी वडा अध्यक्ष सुमन तामाङको अब्बल काम

बुढानिलकण्ठ-८ का अनुभवी वडा अध्यक्ष सुमन तामाङको अब्बल काम

कपन अनलाइन

काठमाण्डौ ,असार ९।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ का अध्यक्ष सुमन तामाङ २०५४ शालमा भएको स्थानीय निकायको निर्वाचनमा साविक महांकाल गाविस वडा नं ६ को अध्यक्षमा निर्वाचित भएका थिए।

उक्त निर्वाचन पश्चात निरन्तर जनताको सेवामा सक्रिय रहेका तामाङले हालको बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा पूर्वाधार विकास र दिर्घकालिन महत्वका संरचना निर्माणलाई प्राथमिकतामा राखेर कार्यकालको ४ वर्ष ३९ दिन विताएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा सार्वजनिक जग्गा संरक्षण र उपयोगलाई आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकताका साथ् उल्लेख गरेका अध्यक्ष तामाङले सडक पूर्वाधार विकासमा पनि देखिने गरी काम गरेका छन।

सुन्दर बस्ति क्षेत्रमा सडक पूर्वाधार विकासको काम सम्पन्न गरेको वडाको पहलमा गणेश स्कुल-भ्याली पब्लिक स्कुल- सुन्दर बस्ति क्षेत्रको डुवान समस्या समाधानका लागि करिव २८ करोड बजेट बिनियोजन भएको छ भने धोवीखोला कोरिडोर पनि अन्तिम चरणमा पुगेको छ।

बुढानिलकण्ठ नगरपालिकाको कार्यालय रहेको वडा नं ८ मा सार्वजनिक जग्गा संरक्षण गरेर पार्क तथा सौचालय निर्माण गरिएको छ भने वडा मै व्यावसायिक तालिमका लागि तालिम केन्द्रको निर्माण सम्पन्न गरी तालिम संचालन भैरहेको छ।

भंगाल-सुन्दरटार सडक,हात्तीगौडा-संयुक्त बसपार्क सडक,फाँट -भयाली पब्लिक भित्रि सडक जस्ता ठुला सडक निर्माण सम्पन्न गरेको वडा नं ८ ले खानेपानी सेवाको लागि पनि विभिन्न योजनाहरु संचालन गरेको छ।

भौतिक पूर्वाधार संगै वडाले खेलकुदको विकासका लागि खेल मैदान संरक्षण र विस्तार,प्रतियोगिताहरुको आयोजना गर्दै युवा शशक्तिकरणलाई युवाहरुकै  सहभागितामा अभियान संचालन गरेको छ भने महिला,जेष्ठ नागरिक र वडावासीहरुको सामाजिक र सांस्कृतिक विकासका लागि पनि विभिन्न कार्यक्रमहरु अगाडी बढाएको छ।

वडा नं ८ मा सार्वजनिक शिक्षाको विकासका लागि महांकाल जनजागृत मावीको पूर्वाधार र शैक्षिक सुधारका लागि विशेष पहल गरेको वडाले  ढल व्यवस्थापन , वडाका घरहरुको अभिलेखीकरण र सूचीकरणको कामलाई पनि अगाडी बढाएको छ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।