नेपाली कांङ्ग्रेस फिक्कलको सभापतिमा युवा नेता फुयालको उम्मेदवारी

नेपाली कांङ्ग्रेस फिक्कलको सभापतिमा युवा नेता फुयालको उम्मेदवारी

कपन अनलाइन

काठमाण्डौ ,असार ९ ।

नेपाली कांङ्ग्रेस फिक्कलको सभापतिमा युवा नेता टेक नाथ फुयालले आफ्नो उम्मेदवारी दिने भएका छन् ।
२०७८/०४/१६ गते हुने नेपाली काङ्ग्रेस पालिका तथा नगर अधिवेशनमा सिन्धुली जिल्ला फिक्कल गाउँपालिका अन्तर्गत हुने अधिवेशनमा युवा वर्गको प्रतिनिधित्व गर्दै टेक नाथ फुयालले युवा वर्गको टिम सहित उम्मेद्वारी दिने भएका हुन् ।
युवा नेता फुयालले बागमती पेजसँग कुरा गर्दै भने, युवाहरुको हक हितका लागि त मेरो उम्मेदवारी छदै छ । त्यतिमात्र नभएर सिङ्गो नेपाली कांङ्ग्रेसलाई हाम्रो पालिकामा मात्र नभएर देशमै उदाहरणीय कांग्रेस बनाउने मेरो भित्रि योजना रहेको छ । मलाई विश्वास छ युवाहरुले मात्र नभएर सबै अग्रजहरुले मेरो योजना पुरा गर्नुहुनेछ त्यसमा म विश्वस्त छु ।’

फिक्कलको पार्टी सभापतिमा युवा नेता फुयालको उमेरदवारी किन ?
१. काङ्ग्रेस भित्र भएका विकृती, विसङगती, गुटबन्दी हटाउँदै नयाँ सोच, लक्ष्य, उदेश्य र विशेष योजनाका साथ अघि बढ्न ।
२. काङ्ग्रेस भित्र रहेको गुटवन्दी हटाउँदै साङ्ठानिक रुपमा बलियो काङ्ग्रेस बनाउन लागि पर्ने ।
३. पार्टी भित्र रहेका जनवर्गिय संगठनलाई चलायमान बनाउन ।
४. जहाँ युवा त्यहाँ काङ्ग्रेस अभियान संचालन गर्नुका साथै युवा वर्गमा भएको राजनिती प्रतिको वितिष्णा हटाउन ।
५. पार्टी भित्र रहेका घात तथा अन्तरघातहरु निर्मुल पार्दै, पार्टीलाई पद्धति सम्बद संचालन गर्न ।
जहाँ युवा नेतृत्व, त्यहाँ सवल काङ्ग्रेस भन्ने नारालाइ हृदयत आत्मसात गर्दै फिक्कल गाउँपालिाका भित्र काङ्ग्रेसलाई सवल, सक्षम काङ्ग्रेस बनाउने लक्ष्यका साथ उमेरद्वारीको उद्घोस गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।