नेपाल मेडिकल कलेज जोरपाटीको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तको प्रदर्शन

नेपाल मेडिकल कलेज जोरपाटीको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तको प्रदर्शन

कपन अनलाइन

काठमाण्डौ ,असार ९ ।

काठमाण्डौ  जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको लापरवाहीका कारण बिरामीको मृत्यु भएको  आफन्तले आरोप लगाउदै प्रदर्शन गरेका छन

कोभिड संक्रमणपछि अस्पताल भर्ना भएका जोरपाटीका ४० बर्षीय प्रकाश लामाको मंगलबार साँझ निधन भएको हो । सामान्य अवस्थामा उपचार गराइरहेका उनको सोमबार एक्कासी स्वास्थ्य अवस्था बिग्रेको आफन्तको भनाई छ । मृतकका दाजु प्रदीप लामाका अनुसार सोमबार राती अस्पतालमा अक्सिजन सकिएको थियो ।

बिना अक्सिजन २ घण्टा सम्म बिरामीलाई राख्दा भाइको अकालमा ज्यान गएको उनले बताए । उनको मृत्युपछि आज आफन्तले अस्पताल परिसर घेरेर विरोध समेत गरेका थिए । अक्सिजन नभए अस्पतालले बेलैमा जानकारी गराउनु पर्ने आफन्तहरुको  भनाई रहेको  छ । अस्पताल प्रशासनको तर्फबाट भने यो घटनाबारे कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

तपाइँको प्रतिक्रिया ।