ओखलढुंगाको निरज एण्ड निराजन होटल बाट ४ जुवाडे पक्राउ

ओखलढुंगाको निरज एण्ड निराजन होटल बाट ४ जुवाडे पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,असार ८।

ओखलढुंगामा ८८ हजार ४ सय नगद सहित ४ जना जुवाडे पक्राउ परेका छन् । जुवा तास नियन्त्रण अभियान चलाएको प्रहरीले सदरमुकामबाट ६ गते बेलुका नगद सहित ४ जना खेलाडी पक्राउ गरेको हो ।

सिद्धिचरण नगरपालिका ११ रामबजार स्थित बसन्त श्रेष्ठको घरभाढामा लिई निरज एण्ड निराजन होटल सञ्चालन गरेर आफु समेत बसी जुवातास खेलाएको अवस्थामा होटल सञ्चालक नृपबहादुर खत्री सहित खेलाडीहरु तेजबहादुर खत्री, प्रकाश तामाङ र बाबुराम कट्वाल पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिएका छन  ।

‘नेता व्यापारी सहित विभिन्न पेशाकर्मीहरुले जुवातासको खाल बनाएर खेल्ने गरेको सुचनाका आधारमा म आफैं अप्रेसनमा गएर पक्राउ गरेको छु । पक्राउ परेका उपर कडा कारबाही हुन्छ ।’ उनले भने, ‘जो कोही होस् समाजिक रुपमा निन्दनीय र कानुनी रुपमा दण्डनीय कार्यमा संलग्नलाई प्रहरीले दया गर्दैन । जुवातास खेल्न खेलाउन बन्द गर्नुस् भनेका छौं । अझै अटेर गरेको पाइएमा तत्काल पक्राउ गरेर कडा कारबाही गर्छौ ।’ पक्राउ परेकाहरुलाई हिरासतमा राखिएको छ । उनीहरु विरुद्ध आवश्यक कानुनी कारबाही थालिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ८८ हजार ४ सय नगद रकम, १ बुक तास, म्याट, कम्बल लगायतका सामान बरामद  गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।