नेकपा एमाले काठमाण्डौ -४ खनाल-माधव पक्षद्वारा सिन्धुपाल्चोकका बाढी पिडितलाई सहयोग

कपन अनलाइन

काठमाडौं, असार ८।

काठमाडौको छिमेकी जिल्लामा सिन्धुपाल्चोक हेलम्बु मेलाम्ची क्षेत्रमा गत असार १ गते आएको बाढीले ठूलो मात्रामा धनजनको क्षति भएको अवस्थामा नेकपा एमाले काठमाण्डौ -४ खनाल-माधव पक्षले सहयोग गरेको छ।

सो क्षेत्रका वासिन्दाहरुको सहयोगका लागि संकलित ९५ हजार रुपैया क्षेत्र नं ४ को समानान्तर कमिटीका संयोजक धुर्व राज न्यौपानेले जिल्ला कमिटीका अध्यक्ष बसन्त मानन्धरलाई हस्तान्तरण गरेका थिए।

सो अवसरमा नेतृ अस्ट लक्ष्मी शाक्य , समानान्तर कमिटीका इन्चार्ज सावित्रा भुषाल , सचिव कुसुम कुमार कार्की लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।