बुढानिलकण्ठ नगरपालिकाका दुई वडा कार्यालय भवन निर्माणका लागि जिसस संग सम्झौता

बुढानिलकण्ठ नगरपालिकाका दुई वडा कार्यालय भवन निर्माणका लागि जिसस संग सम्झौता

कपन अनलाइन

काठमाण्डौ ,असार ७।

बुढानिलकण्ठ नगरपालिकाका दुई वडा कार्यालय भवन निर्माणका लागि जिसस संग सम्झौता गरिएको छ। जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा निर्माण हुने वडा नं २ र ७ का कार्यालय भवन निर्माणका लागि सम्झौता भएको हो।

जिल्ला समन्वय समितिका प्रमुख शिव सुन्दर राजबैध र बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल विच सम्झौता भएको भएको सो अवसरमा जिसस उप प्रमुख सरिता दाहाल लगायतको उपस्थिति रहेको थियो।

बुढानिलकण्ठ नगरपालिकाले वडा कार्यालय भवन निर्माणलाई नीति कार्यक्रम तथा बजेटमा प्राथमिकतामा राखेको जानकारी दिदै यस वर्षको थप वडा कार्यालय भवन निर्माण शुरु गर्ने तयारी गरेको छ ।

तपाइँको प्रतिक्रिया ।