सिन्धुपाल्चोक बाढी पहिरो पिडितको लागि मध्यपुर थिमी नगरपालिकाले २२ लाख २२ हजार सहयोग गर्ने
कपन अनलाइन
काठमाडौँ, असार ६। मध्यपुर थिमी नगरपालिकाले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउपलिकाको विपद राहत कोषमा ११ लाख ११ हजारका दरले कुल २२ लाख २२ हजार रुपैयाँ दिने भएको छ । २०७८ साल असार १ गते अविरल वर्षाले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउपलिका र मेलम्ची नगरपालिकामा मेलम्ची खोला तथा इन्द्रावती नदीमा आएको बाढीले धनजनको अकल्पनीय क्षति पुग्न गएको हुँदा मेलम्ची नगर पालिका तथा हेलम्बु गाउपलिकको विपद राहत कोषमा ११ लाख ११ हजार /११ लाख ११ हजारको दरले रु २२ २२ हजार मध्यपुर थिमी नगरपालिकाको तर्फ बाट सहयोग गर्न लागिएको नगर प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी गराए।
एक स्थानीय तहलाइ परेको बिपतमा अर्को स्थानीय तह बाट सहयोग गर्नु पर्ने दायित्व सम्झेर सहयोग गर्न लागेको जानकारी गराए । साथै उक्त प्राकृतिक प्रकोप बाट घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित मृत्यु भएका दिवंगत ब्यक्तिहरु प्रति हार्दिक श्रद्दान्जली एबम शोक सन्तप्त परिवार प्रति समबेदना समेत ब्यक्त गरेका छन ।