राहत संकलन एवं वितरण कार्यमा सकृय बन्यो स्वास्थ्यमन्त्री तामाङको सचिवालय

कपन अनलाइन

काठमाण्डौ ,असार ५ ।

गत असार  १ गत रातिको अविरल वर्षासंगै आएको बाढीबाट मेलम्ची , हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकामा ठुलो क्षती पु्याएको छ । सयौ परिवार विस्थापित भएका छन् ।

विशेषगरी हेलम्बुका माथिल्लो भागका मानिसहरु राहतको पर्खाइमा बसिरहेका छन् । सडक सञ्जाल संग जोडिएको मेलम्चीमा सबैको नजर परेको छ । तर माथिल्लो भागमा राहत पुग्न सकिरहेको छैन । यही अवस्थालाई मध्यनजर गर्दै राहत संकलन गर्ने कार्यमा सोही क्षेत्रका संघीय सांसद एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङको सचिवालय सकृय भएको छ । विभिन्न मनकारी दाताहरुबाट करिब २४ लाख बराबरको चामल, टेन्ट, सिरक लगायतका सामाग्री संकलन भएको र सो सामग्री बुझ्ने क्रममा बस्नयोग्न घर निर्माणमा आफ्नो ध्यान केन्द्रीत भएको बताउँदै मन्त्री तामाङले दाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
सवारी साधन नचलेका कारण माथिल्लो भेगका जनता भने राहतको पर्खाइमा भोकै खुल्ला अकासमा बसिरहेका छन् । हेलम्बुको हल्दे ,तर्तुङमा २३ घर वाढी र पहिरोले बगाएको छ ।

हेलम्बु गाउँपालिका २ नम्वर वडाको गणेशे बगर,सिम खेत र चनौटे बजारका सय घर परीवार विस्थापित भएका छन् । जसोतसो यि बस्ती सम्म त राहत पुग्न सकेको छ । तर हल्दे ,तर्तुङ, चिउरीखर्कमा रहेका विस्थापितले अहिलेसम्म राहत पाउन सकेका छैनन् । त्यसो त हेलम्बु जस्तै पाँचपोखरीको याङ्रग्री र लार्के क्षेत्रमा पनि नागरीक कष्टकर जिवन बिताई रहेका छन् ।

याङ्रग्री, टासिवा,सुनचौर ,मैखर्कका ६८ परीवार वाढि पहिरोले विस्थापित भएका छन् । बाढिले याङ्रग्री र टासिवाका ४ घर बगाईसकेको छ । स्वास्थ क्लिनिक भवन, याङ्रग्री एकेडेमी स्कुल भवन पनि बगाएको छ । त्यतिमात्रै हैन, ३ वटा झोलुङ्गे पुल बगाएपछि एक बस्तीबाट अर्को बस्तीमा जान सक्ने अवस्था समेत छैन ।
यस्तो जटिल अवस्थालाई मध्यनजर गर्दै राहत सामाग्री उचित किसिमले वितरण गरिने संकलन कार्यका संयोजक तथा आदीबासी जनजाति महासंघका सचिव ज्योति लामाको धारण छ भने सोही भेगका समाजसेवी दावा लामाले तत्काल माथिल्लो बस्तीमा राहत पु्याउने बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।