सबै गल्ति नगर प्रमुखको मात्र देख्नु दृस्टी दोष हो : बुढानिलकण्ठ प्रमुख उद्दव खरेल

सबै गल्ति नगर प्रमुखको मात्र देख्नु दृस्टी दोष हो : बुढानिलकण्ठ प्रमुख उद्दव खरेल

कपन अनलाइन

काठमाण्डौ,असार ५।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले नगरपालिकामा हुने हरेक हरेक काममा प्रमुखको मात्र गल्ति देख्नु केवल दृस्टी दोष मात्र रहेको बताएका छन।

आफुले सधै नगरपालिकामा सुशासन र आर्थिक पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेको बताउदै नगर प्रमुख खरेलले त्यसको कार्यान्वयनमा भने निकै जटिल चुनौती रहेको अनुभव सुनाएका छन।

नेकपा माओवादी केन्द्रले कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि १६ बुंदे सुझाव सहितको ज्ञापन पत्र बुझ्दै प्रमुख खरेलले आफ्नो योजना अनुसारको  कार्यसम्पादनमा नीति ,विधि र कर्मचारीहरुको मनोवृति सधै बाधा बन्ने गरेको बताएका थिए।

आफ्नो स्थानमा अवको ३२५ दिन पछी जो निर्वाचित भएर प्रमुखको कुर्सीमा बसेपनि यिनै काँडाले घोच्ने भन्दै प्रमुख खरेलले जनताको सेवा गर्ने भन्दा मौकामा मेवा खानेहरुको जमात बढेको भन्दै निरासा प्रकट गरेका थिए।

वर्षौ देखि रहेको बेथिति र विभीन्न तन्त्रहरुको जालो बाट नगरपालिकालाई उम्काउने प्रयासमा आफु सधै सजग र क्रियाशील रहेको सबैले देखेको भन्दै प्रमुख खरेलले विपक्षी दल,संचार माध्यम र सरोकारवाला सबैलाई स्वस्थ र समालोचनात्मक सुझाव प्रदान गर्नका लागि अनुरोध गरेका थिए।

आफ्नै कार्यकक्षमा आएर विभिन्न लोभ लालच र अफर समेत दिन भ्याउने बिचौलियाहरुको बिगबिगी रहेको तितो अनुभव सुनाउने नगर प्रमुख खरेलले विभिन्न लुकेका राजनीतिक तथा अन्य स्वार्थ प्रेरित आलोचनाले नगरवासीहरुलाई क्षणिक भ्रममा पारे पनि दिर्घकालिन रुपमा यसले नगरपालिकालाई नै हाने पुग्ने तर्फ विचार गर्नका लागि आग्रह गरेका छन।

माओवादी केन्द्रले पेश गरेको ज्ञापन पत्रमा उठाइएको खोप प्रकरणका विषयमा एकतर्फी रुपमा नगर प्रमुखको मात्र दोष रहेको झैँ गरी चलाइन खोजेको उदेस्य प्रेरित नकारात्मक प्रचार अभियान प्रति लक्षित गर्दै नगर प्रमुख खरेलले त्यसको नैतिक जिम्मेवारी आफुले लिए पनि राजनीतिक दलहरुले पनि त्यस प्रकरणमा खेलेको भूमिका र त्यसको परिणामका वारेमा ठण्डा दिमागले सोच्नुपर्ने धारणा राखेका छन।

बुढानिलकण्ठ नगरपालिकामा भएका कामहरु र गर्न नसकेका कार्यहरुका वारेमा आफु पदमा रहे पनि नरहे पनि खुल्ला बहस गर्न तयार रहेको भन्दै प्रमुख खरेलले सधै विरोधको पत्र बोकेर आउनु भन्दा कहिलेकाही रचनात्मक सुझाव सहितको पत्र पनि बोकेर आउन नगरपालिकाका विपक्षी दलहरुलाई आग्रह गरेका थिए।

 

 

 

तपाइँको प्रतिक्रिया ।