सिन्धुपाल्चोकका बाढी पिडित भन्छन , “हामीलाई खाद्यान्न भन्दा बासको बढी आवस्यकता छ”

सिन्धुपाल्चोकका बाढी पिडित भन्छन , “हामीलाई खाद्यान्न भन्दा बासको बढी आवस्यकता छ”

कपन अनलाइन

काठमाण्डौ ,असार ४।

सिन्धुपाल्चोक जिल्लाको तिम्बु ,क्युल ,चनौटे ,मेलम्ची क्षेत्रका बाढी पिडितहरुले बाहिर बाट खाद्यान्न सहयोगको बाढी लागे पछी सुरक्षित बासको माग गरेका छन।

अकल्पनीय क्षेत्ति बेहोरेका सो क्षेत्रका स्थानीयहरुले तुरुन्त सुरक्षित स्थानमा बासको व्यवस्था गर्नका लागि आग्रह गर्दै मेलम्चीमा विरोध प्रदर्शन समेत गरेका छन।

आफ्नै आँखा अगाडी बास गुमाएका स्थानीयहरु अहिले पनि त्रासदीपूर्ण रुपमा विभिन्न बैकल्पिक स्थानमा बसिरहेका छन। काठमाण्डौ र अन्य क्षेत्र बाट आएको सहयोगलाई नगरपालिकाले वितरण गर्ने व्यवस्थापन गरको छ।

सो क्षेत्रमा तत्काल बसोवासको व्यवस्था मिलाउन नसकेमा वर्षातको समयमा झनै कठिन समस्या सहनुपर्ने भन्दै स्थानीयहरुले सहयोगीहरु संग पनि पाल , त्रिपाल र अस्थायी आवासको व्यवस्था गर्नका लागि माग गरेका छन।

तपाइँको प्रतिक्रिया ।