पूर्व राजा ज्ञानेन्द्र कर तिर्न तयार

पूर्व राजा ज्ञानेन्द्र कर तिर्न तयार

झापा, १६ माघ ।  पूर्व राजपरिवारको स्वामित्वमा रहेको झापाको दमक स्थित हिमालय महालक्ष्मी टी गार्डेनले नगरपालिकालाई तिर्न बाँकि कर चुक्ता गर्न पूर्व राजा ज्ञानेन्द्र शाह सकारात्मक देखिएका छन् ।

gyanendra
चिया बगान भित्र रहेको ‘मिनी दरवार’मा रहेका पूर्व राजा शाह र नगरपालिकाको टोलि बिच भएको छलफलमा उनले कर चुक्ता गर्न टी गार्डेन व्यवथापनलाई निर्देशन समेत दिएका छन् । नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल सहितको टोलीले उनलाई ‘मिनी दरवारमा’नै पुगेर कर तिर्न ध्यानाकर्षण गराएको हो । सो पछि उनले तत्काल समस्या समाधान गर्न टी गार्डेनका व्यवस्थापकलाई भनेको जनाईएको छ । गार्डेनले एकीकृत सम्पत्ति कर लागू भएयताको कर तिरेको छैन ।
कार्यकारी अधिकृत दाहालका अनुसार बगानले १ करोड ६० लाख रुपैयाँ कर तिर्न बाँकि रहेको छ । सो क्रममा चिया बगानको अव्यवस्थित जमिनको समस्या समाधानका बिषयमा पनि छलफल भएको जनाईएको छ ।

तपाइँको प्रतिक्रिया ।