काभ्रेको सुन्थानमा जलेर एकै परिवारका तीन जनाले ज्यान गुमाए

काभ्रे, १६ माघ । मध्यरातमा अचानक भएको आगलागीमा परी काभ्रेको पनौती नगरपालिका–१० सुन्थानमा एकै परिवारका तीन जनाले ज्यान गुमाएका छन् ।

fire
गएराती अबेर स्थानीय विनोद केसीको घरमा आगलागी भएको हो । आगलागीमा परी घरधनी ३८ बर्षका केसीसहित उहाँकी श्रीमति अन्दाजी ३५ बर्षीया भगिरथी केसी र ९ बर्षिय छोरा विपिन केसीको मृत्यु भएको हो । राती १ बजेतिर स्थानीयबासीले केसीको पक्की घरको छतमा राखेको जस्ता र बाँस जलेर पड्किएको थाहा पाएका थिए ।
स्थानीयबासी र प्रहरी मिलेर राती नै उद्धारको कार्य सुरु गरे पनि उनीहरुको घरभित्रै जलेर मृत्यु भइसकेको थियो । करेन्ट सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ भने यकिन विवरण आइसकेको छैन ।

तपाइँको प्रतिक्रिया ।