चम्पादेवी-३ मा दुखद घटना : अन्तरजातिय विवाह गरेका छोराहरुले बुवाको शव छुन पाएनन

कपन अनलाइन

काठमाण्डौ,असार ४।

ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ३ मा अन्तरजातिय विवाह गरेका छोराहरुलाई आफ्नो बुवाको शव छुन नदिएको घट्ना सार्वजनिक भएपछी यसले निकै चर्चा पाएको छ।

स्थानीय मित्र बहादुर तामाङको चार भाई छोरामध्ये शंकर तामाङले थापा क्षेत्री र कान्छो प्रदिप तामाङले गाउँकै नेपाली थरकी महिलासँग अन्तरजात्तीय विवाह गरेका कारण बुवाको शव छुन नदिएपछि यो घटना बाहिर आएको हो।

स्थानीय गाउँलेले आफूहरुलाई बुवाको दाहसंस्कारमा पनि जान नदिएको तामांगका छोराहरुले  बताएका छन् ।चम्पादेवि गाउँपालिका वडा नं.३ का वडाध्यक्ष बल बहादुर तामाङकै कारणले आफूहरुले बुवाको शव छुन नपाएको छोराहरुले आरोप लगाएका छन् । वडाध्यक्षले गाउँले र परिवारलाई उचालेर शव छुन नदिएको भन्दै उनीहरु आक्रोसित बनेका छन।

तामांगको  केही दिन अगाडि मुटु रोगको कारण मृत्युु भएपछि  दास संस्कारको लागि गाउँ पुगेका छोराहरु  आफ्नै दाजुभाइ र इष्टमित्रबाट  लास छुने भए हामी छुदैनौ भनेर उठेर हिड्न थालेपछि  पिडित बनेर  काठमाडौं फर्केका थिए ।

केही वर्ष अगाडि सोही वडाका राजु तामाङले पनि अन्तरजातिय विवाह गरेका थिए । उनलाई पनि आफ्नो हजुरबुबाको दाहसंस्कारमा सामेल नगराउने पनि  प्रयास गरिएको स्थानीयहरुले बताएका छन।

यस विषयमा चम्पादेवि गाउँपालिका वडा नं ३ का वडाध्यक्ष बल बहादुर तामाङले अन्तरजातीय विवाह गरेकाहरुले  शव छुनु नहुने  तामाङहरुको संस्कार अनुसार शव छुन नदिएको प्रतिक्रिया दिएका छन।

तपाइँको प्रतिक्रिया ।