शंखदेव राजाको सपना “राजकुलो” जोगाउदै शंखरापुर नगरपालिका

शंखदेव राजाको सपना “राजकुलो” जोगाउदै शंखरापुर नगरपालिका

कपन अनलाइन

काठमाण्डौ,असार ४।

शंखरापुर नगरपालिकाले ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्धन गर्ने अभियान अन्तर्गत नगरको मुख्य बजारको इतिहास संग जोडिएको “राजकुलो” पुनर्निर्माण शुरु गरेको छ।

शंखरापुरका संस्थापक  शंखदेव राजाको सपनाका रुपमा सो बजारको आठ वटै टोल जोड्ने उक्त राजकुलोलाई नगरपालिकाले प्राथमिकतामा राखेर पुनर्निर्माण अगाडी बढाएको हो।

माता बज्रयोगिनीको निर्देशनमा राजा शंखदेवले बज्राचार्यहरुका नवौ पुस्ता जोगदेव बज्राचार्यले उक्त कुलो सहित शंखरापुर नगरको निर्माण गरेका थिए।

शांखु ऐतिहासिक स्वरूप र संरचनाहरुलाई जगेर्ना गर्दै सांस्कृतिक शहरका रुपमा शंखरापुरलाई विकास गर्ने योजना अनुरुप समान घर र संरचना बनाउन अनुदान दिने घोषणा गरेर काम अगाडी बढाएको  नगरपालिकाले “राजकुलो” लाई पनि प्राथमिकतामा राखेको थियो।

उक्त राजकुलो कलि सम्बत १८०१ मा निर्माण भएको मानिन्छ। अहिले कलि सम्बतको ५२०० वर्ष चलिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।