नवदूर्गा स्वास्थ्य संस्थाले माघ १६ गते साधारणसभा तथा अधिवेशन गर्दै

नवदूर्गा स्वास्थ्य संस्थाले माघ १६ गते साधारणसभा तथा अधिवेशन गर्दै

1-IMG_6898

कपन अनलाइन\माघ १४, २०७१
लामो समयदेखि साधारणसभा तथा अधिवेशन नभएको भनेर चर्चामा रहेको साविक कपन गाविस १ मा रहेको नवदूर्गा स्वास्थ्य संस्थाले माघ १६ गते अधिवेशन तथा साधारणसभा गर्ने भएको छ । माघ १६ गते सहिद दिवशको दिन बिहान ११ बजे सोही भवनको माथिल्लो तलाको हलमा साधारण सभा तथा अधिवेशन हुने संस्थाको सचिव पुस्कर चालिसेले कपन अनलाइनलाई बताए । कृयापुत्री भवन, वडा विकास समिति र सामुयिक स्वास्थ्य केन्द्र एकै ठाउँमा राख्ने अभिप्रायले श्रीमद्भागवत पुराण लगाएर बनेको संस्थाको ४ तले भवन नवदूर्गा मन्दिरसँगै रहेको छ । भवन निर्माणको लागि लगाइएको भागवत पुराणमा रु. ५००० भन्दा माथि चन्दा दिने दाता यस संस्थाको सदस्य हुने नियम रहेको छ । यसरी रु. ५००० भन्दा माथि चन्दा दिने दाताहरुको संख्या १२४ रहेको पनि सचिव चालिसेले बताए । संस्थाले सबै सदस्यहरुलाई साधारणसभामा भाग लिन हार्दिक अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।