शंखरापुर नगरपालिकाको प्रशासकीय भवन शिलान्यास

शंखरापुर नगरपालिकाको प्रशासकीय भवन शिलान्यास

कपन अनलाइन

काठमाडौं,असार ३ ।शंखरापुर नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ। शंखरापुर नगरपालिका वडा नं ६ नारायणचोक (पुखुलाक्षीमा) करिब  १२ करोड ४९ लाख ५ हजार ६ सय ७५  ८९ पैसाको कुल लागतमा बन्न लागेको साँढे तिन तलाको सुबिधा सम्पन्न भवनको आज एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति प्रमुख शिवसुन्दर राज  बैद्य उप प्रमुख सरीता दहाल शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठ उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठले भुमिपुजन सहित भवनको शिलान्यास गरेका हुन।

 

कुल१२ करोड ४९ लाख ५ हजार ६ सय ७५  ८९ पैसाको लागतमा बन्न लागेको सो भवन निर्माणमा जिल्ला समन्वय समिति काठमाडौंको ७ करोड ४९ लाख ४६ हजार ४ सय ४ रुपैया सहयोग  रहेको छ भने बाँकी शंखरापुर  नगरपालिकाले  ४ करोड ९९ सय ६२, हजार २ सय ७०, ९८ पैसा बेहोर्ने गरि  आरोग्य सुवेदी जेभी भजी मण्डल ललितपुर संग सम्झौता भएको  जानकारी गराइएको थियो ।

कोरोना महामारीको कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरि संक्षिप्त रुपमा आयोजित उक्त शिलान्यास कार्यक्रमको प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिव सुन्दर राज बैद्य, उप प्रमुख सरिता दहाल शंखरापुर नगरपालिकाकि उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठ, नगर प्रवक्ता हितमान तामाङ वडा नं ३ का वडा अध्यक्ष शन्त बहादुर वाइवा वडा नं ७ का वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ,  बिभिन्न राजनीतिक दलका प्रतिनिधि महानगरीय प्रहरी प्रभाग साँखुको कार्यालय प्रमुख प्रहरी निरीक्षक जानुका देबी खरेल लगायत जनप्रतिनिधि कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो।  अध्यक्ष  शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले गरेका थिए भने  कार्यक्रम संचालन कर्मचारी सुबोध थापाले गरेका थिए ।

कार्यक्रममा शंखरापुर नगरपालिकाकी उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठले स्वागत मन्तब्य राख्दै नगरपालिकाको आफनै प्रशासकीय भवन बन्न लागेकोमा खुसि ब्यक्त गरेकी थिइन्।  साँघुरो र  भाडाको घर बाट सेवा प्रदान गर्दै आएको शंखरापुर नगरपालिकाले  विभिन्न समस्या झेल्दै आएको र अब बन्ने नया सुबिधा सम्पन्न भवन बाट सो समस्या झेल्न नपर्ने हुँदा नागरिकलाई समेत थप सहज रुपमा सेवा दिन सकिने  बिश्वास ब्यक्त गर्दै समयमा नै गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्न समेत अनुरोध गरेकी थिइन ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिव सुन्दर राज बैद्यले दक्षिणकाली नगरपालिका बाहेक काठमाडौंका सबै नगरपालिकाको प्रशासकीय भवन र वडा कार्यालय निर्माणमा सहयोग गर्दै आएको बताएका थिए ।उनले कोभिडको महामारीमा पनि समन्वय समितिले सहयोग निरन्तर रुपमा गरिरहेको जानकारी गराए। उनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गर्न निर्माण व्यवसायीलाइ अनुरोध गर्दै समयमा नै गुणस्तरीय काम गर्न अनुरोध गरेका थिए ।

अध्यक्षताको आसन बाट धन्यवाद ज्ञापन गर्दै शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले करिब ४ रोपनी क्षेत्रफलमा साँढे तीन तलाको पार्किंग सहितको नेवारी कलात्मक सम्पदा युक्त  सुबिधा सम्पन्न भवन निर्माण पश्चात सेवा ग्राहीलाइ सेवा प्रदान गर्न थप सहज हुने बिश्वास ब्यक्त गरेका थिए ।उनले भवन निर्माण कार्यलाई गुणस्तरीय बनाउन नगरपालिकाले नियमित रुपमा अनुगमन गर्ने बताउदै  सो भवन निर्माण कार्यको स्थानीयले पनि आफ्नो सम्पत्ति ठानेर निरन्तर अनुगमन र खबरदारी गर्न अनुरोध गरेका थिए ।उनले शंखरापुर नगरपालिकाको तीन वटा वडा भवन पनि निर्माण गर्ने क्रममा  रहेको जानकारी दिएका थिए।

 उनले नगरपालिकाको समग्र विकास र समृद्धिका लागि नगरपालिकाआफ्नो सिमित स्रोत र साधनले भ्याए जति कामहरु अगाडी बढाईरहेको जानकारी दिदै राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत साँखुमा साँढे तीन करोडको लागतमा राजकुलो निर्माण भईरहेको  लागिपरेको जानकारी गराए ।उनले शंखरापुरको आफ्नै स्रोत  नभएको हुँदा  प्रदेश र केन्द्र संग भर पर्नुपर्ने बताए। उनले  भर्खरै मात्र केन्द्र सरकार बाट पुरातत्व, शहरी विकास, सडक खानेपानी लगायत गरि कुल ५१ वटा शिर्षकमा कार्यक्रमहरु  पार्न सफल भएको जानकारी गराएका थिए। त्यसै गर्ने प्रदेश बाट पनि करिब २०/२५ वटा कार्यक्रम पर्ने सम्भावना रहेको पनि उनले  जानकारी गराएका थिए । उनले निर्वाचनका बेला गरेका प्रतिबद्धता बमोजिम नगरबासीहरुको हितका लागि आफूले कार्य गरिरहेको र गर्दै जाने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।